News Portal

  • ३ जनप्रतिनिधि प्रहरीको ‘वान्टेड’ सूचीमा : किन गरिएन सार्वजनिक सूचना

    इभक्तपुर संवाददाताभक्तपुर, ८ माघ
    १५५९ पटक
    भक्तपुर, ८ माघ

    सांसदमा निर्वाचित ३ जनप्रतिनिधिलाई नेपाल प्रहरीले अपराधी करार गर्दै ‘वान्टेड’को सूचीमा राखेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचित पूर्वडीआईजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेश सांसदमा विजयी राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न प्रहरीले ‘वान्टेड’को सूचीमा राखेको हो ।

    आईजीपी बढुवामा कार्य सम्पादन मूल्याङ्कन (कासमु) कीर्ते गरी अदालत गएको आरोप पूर्वडीआईजी नवराज सिलवालमाथि लागेको छ । डीआईजीबाट राजीनामा दिएका सिलवाललाई नेकपा एमालेले उम्मेदवार बनाएपछि ललितपुरबाट उनी विजयी बनेका छन । तर कीर्ते मुद्दामा प्रहरीले समात्ने प्रयास गरेपछि उनी फरार छन ।

    अर्का प्रतिनिधि सभा सदस्य रेशम चौधरी पनि फरार छन । उनी पनि प्रहरीको ‘वान्टेड’ सूचीमा परेका छन् । थरुहट आन्दोलनको बेला एक नाबालकसहित सात जना सुरक्षाकर्मीको हत्या घटनाका मुख्य योजनाकारको अभियोगमा चौधरीलाई पनि अदालतले पक्राउ गरी उपस्थित गराउन यसअघि नै आदेश गरेको छ । चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि भएपनि निर्वाचन आयोगबाट अहिलेसम्म प्रमाणपत्र लिन आएका छैनन् ।

    त्यसैगरी ज्यान मार्ने उद्योगमा उच्च अदालत पाटनले दोषी करार गरेका दीपक मनाङे पनि प्रहरीको वान्टेड सूचीमा छन् । प्रदेश सभामा स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ बाट निर्वाचित मनाङे पक्राउ पर्ने डर भएपछि आइतबार प्रदेश ४ को अस्थायी केन्द्र पोखरामा प्रदेश सांसदको शपथग्रहण कार्यक्रममा समेत आएनन ।

    नेपाल प्रहरीले यी ३ जनप्रतिनिधिलाई वान्टेडको सूचीमा राखेर खोजतलास गरिरहेको छ । तीनै जना परिचित अनुहार भएकोले फोटो सहितको वान्टेड सूचना भने नगरिएको प्रहरी प्रबक्ताले जानकारी गराएका छन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...