News Portal

  • रामदेवबिरुद्ध प्रहरीमा एफआईआरदर्ता भएपछी पुगे हाइकोर्ट : आयो यस्तो नतिजा

    इभक्तपुर संवाददाताभक्तपुर, १९ माघ
    १०७० पटक
    भक्तपुर, १९ माघ

    योगगुरु बाबा रामदेव यानेकी रामकिशन यादव बिरुद्ध राजस्थान प्रहरीमा एफआईआर दर्ता भएपछी बाबा रामदेव हाईकोर्ट पुगेका छन ।
    राजस्थान हाईकोर्टले आज उनलाई राहत दिदै एफआईआर दायर गर्ने अजमेर निवासी एसके. सिंह र राज्य सरकारलाइ नोटिस जारी गरेको छ र भनेको छ कि जालुपुरा थानामा बाबा रामदेव र आचार्य बालकृष्ण सहित अन्यको खिलाफ दर्ता भएको एफआईआरलाइ किन रद्द नगर्ने ? यसको जवाफ पेश गर्न अदालतले 20 मार्च सम्मको समय दिएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार अजमेर निवासी एसके. सिंहले राजस्थानको जालुपुरा थानामा पतंजलिको एक बिस्कुटमा भ्रम फैलाएर बेचेको आरोप लगाउदै रामदेव लाइ जेल हाल्न माग गरिएको छ । १०० प्रतिसत पीठो भएको बिज्ञापन समेत बजाएर बिस्कुटमा मैदा प्रयोग गरेको उनको दावा छ । प्रयोगशालाको रिपोर्टले पनि रामदेवलाई झुटा सावित गरेपछि उनी तनावमा आएका थिए र हाइकोर्ट पुगेका हुन् ।

    उनले एसके. सिंह हंगामाको लागि मात्र प्रहरीकोमा गएको र यो बिषय प्रहरीले हेर्ने नभई खाध्य सुरक्षण विभागको क्षेत्र भएको अदालतमा जिकिर गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...