News Portal

  • मेयर कप भलिवल : आयोजक भक्तपुर र मध्यपुर पराजीत,जनकपुरमाथि सूर्यविनायकको जीत

    इभक्तपुर संवाददाताभक्तपुर, ५ फागुन
    १२१३ पटक
    भक्तपुर, ५ फागुन

    भक्तपुरमा जारी मेयर कप अन्तर नगरपालिका भलिबल प्रतियोगितामा शनिवार प्रि-क्वाटरफाइनल चरण सकिएको छ । प्रि-क्वाटरफाइनलमा पुगेका १६ नगरपालिका मध्य ८ क्वाटरफाइनल चरणमा प्रबेश गर्न सफल भएका छन् ।

     

    आजको खेलमा आयोजक भक्तपुर नगरपालिकाले खेल गुमाएको छ । भक्तपुर नगरपालिका ललितपुरको गोदावरी नगरपालिकासंग पराजीत बन्न पुगेको हो । यस अघि तीनै सेटमा जीत निकालेको भक्तपुर आजको खेलमा भने गोदावरीसंग तीनै सेटमा पराजीत बन्न पुग्यो । भक्तपुरले यसअघि शुक्रवार बीरगंजलाई र बिहीवार किर्तिपुरलाई तीनै सेटमा पराजीत गर्दै उत्कृष्ट नतिजा निकालेको थियो ।आजको खेलमा गोदावरीका खेलाडी तोरण मगर म्यान अफ द म्याच घोषित भए ।

    शनिवार नै भएको खेलमा सूर्यबिनायक नगरपालिकाले भने जीत निकालेको छ । प्रतिस्पर्धी जनकपुरलाइ सूर्यबिनायकले ३-0 को सोझो सेटमा पराजीत गर्दै जीत निकालेको हो । सूर्यबिनायकले यसअघि नवलपरासीको रामग्रामलाई जितेको थियो । आजको खेलमा सूर्यबिनायकका कमल सुनार म्यान अफ द म्याच घोषित भए ।

    आजको खेलमा भोजपुरले मध्यपुरलाइ पराजित गरेको छ । बिहीबार हेटाैडालाइ जीतेको मध्यपुरले शुक्रवार तीनै सेट गुमाउदै कैलालीको गोदावरी नगरपालिकासंग हार बेहोरेको थियो ।

    आज बनेपाले किर्तिपुरमाथि बिजय प्राप्त गरेको छ भने ललितपुरले धनकुटालाइ जितेको छ । त्यसैगरी तिलोतमाले बुढानिलकण्ठमाथि जीत कायम गर्यो ।

    आजको खेलमा मकवानपुरको थाहाँ नगरपालिकासंग नवलपरासीको रामग्राम र कैलालीको गोदावरीसंग पोखरा अनुपस्थित रहेपछि थाहाँ र  गोदावरी स्वत: क्वाटरफाइनल प्रवेश गरेका छन् ।

    हेर्नुस् स्कोरसहितको बिबरण 

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...