News Portal

  • प्रम ओली र पाकिस्तानी प्रमबीचको भेटवार्तामा भयो यस्तो कुराकानी

    इभक्तपुर संवाददाताभक्तपुर, २१ फागुन
    ६३९ पटक
    भक्तपुर, २१ फागुन

    प्रधानमन्त्री केपी शर्मा ओली र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच राजनीतिक एवम् आर्थिक विषयमा छलफल भएको छ ।
    होटल याक एन्ड यतीमा आज साँझ भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रको सुदृढीकरणको कार्य अझै बाँकी रहेको बताएको उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

    उनका अनुसार प्रधानमन्त्री ओलीले नेपालमा चुनावी प्रक्रियाबाट राजनीतिक संक्रमणको अन्त्य भएको स्पष्ट परेका थिए । उनीहरुबीच क्षेत्रीय र द्विपक्षीय हितका विषयमा पनि खुलेर छलफल भएको सल्लाहकार रिमालले जानकारी दिए ।

    दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का विषयमा भएका छलफलबारे सल्लाहकार रिमालले भने ,“सार्क हामी सबैको पहलमा स्थापना भएको हो, त्यसको महत्व अझै बाँकी छ, त्यसको प्रक्रियालाई अगाडि बढाउन दुवै देश प्रतिबद्ध छांैँ भन्ने विषयमा दुवै देशका प्रधानमन्त्रीको समान धारणा छ ।”

    सार्कका विषयमा केही विमति भए त्यसलाई वार्ता र छलफलका माध्यमबाट टुङ्ग्याउनुपर्नेमा उनीहरुको जोड रहेको सल्लाहकार रिमालले बताए । भेटवार्ताका क्रममा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निम्तो दिएकामा प्रधानमन्त्री ओलीले उपयुक्त समयमा मित्र राष्ट्र पाकिस्तानको भ्रमण गर्ने जवाफ दिएका थिए ।

    बैठकमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएकामा खुशी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सल्लाहकार रिमालले जानकारी दिए ।

    द्वीपक्षीय भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल, मुख्य सचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत उच्च अधिकारी तथा पाकिस्तानका तर्फबाट विदेश मन्त्रालयका अतिरिक्त सचिव, नेपालका लागि पाकिस्तानी राजदूतसहित उच्च अधिकारीको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस्

    मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    झापाको मेचीनगर नगरपालिका पिपलडाँगीमा गएराति मोटरसाइकल ठोक्किँदा दुई जना चालकको ज्यान गएको छ । दुर्घटनामा...

    राष्ट्रपतिको कदमप्रतिगमनको नयाँ स्वरुपः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको...

    एकथरी मान्छेहरु प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हाल्छन्ः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन बसेर धुप...

    सिट बाँडफाँटको विषयमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छलफल

    सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका...

    सशस्त्र प्रहरी बलको निरीक्षकसहितका पदमा दरखास्त आह्वान

    सशस्त्र प्रहरी बलले निरीक्षकसहितका पदमा आवेदन आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि सशस्त्र प्रहरी...