News Portal

  • स्वदेश फर्किए किम : चीन भ्रमण कोसेढुंगा भएको दावी (फोटो फिचर)

    इभक्तपुर संवाददाताभक्तपुर, १५ चैत
    ९४३ पटक
    भक्तपुर, १५ चैत

    काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ–उन चार दिन लामो बेइजिङ यात्राबाट बुधबार स्वदेश फर्किएका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन सो भ्रमणलाई कोसेढुंगा भनेको छ।

    सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक विदेश भ्रमण गरेका हुन्। उत्तर कोरियाली नेता किम जोङ–उनले कोरियाली प्रायद्वीपमा परमाणु निशस्त्रीकरण गर्नका लागि प्रतिबद्धता जनाएको चीनले बताएको छ। राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा किमको त्यस्तो प्रतिबद्धता आएको जनाइएको छ।

    उत्तर कोरियाले गरेका प्रयासहरूलाई दक्षिण कोरिया तथा संयुक्त राज्य अमेरिकाले सद्भावका साथ लिए निश्शस्त्रीकरणको मुद्दा समाधान हुन सक्ने किमले जनाएका छन्।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग आगामी मे महिनामा हुने भनिएको शिखर बैठकअघि किमले चीनको भ्रमण गरेका छन्।

    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार, सो भ्रमण उत्तर कोरियामाथि अधिकतम दबाब प्रयोग गर्ने अभियानले प्योङयाङसँग वार्ता गर्न अनुकूल वातावरण बनाउनेतर्फ काम गरिरहेको थप प्रमाण हो।

    सोलले पनि किमको चीन भ्रमणको स्वागत गरेको छ। एप्रिल महिनामा किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनलाई भेट गर्दैछन्।

    चीन उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार हो र आसन्न शिखर बैठकहरु गरिनुअघि उसले बेइजिङसँग सल्लाह गर्ने सम्भावना अधिक भएको ठानिएको थियो।

    People’s Daily,China

    @PDChina

    WATCH: DPRK’s Kim Jong Un attends a banquet and a luncheon held by China’s Xi Jinping in Beijing. Kim also made a visit to an innovation exhibition of the Chinese Academy of Sciences. (Video/CGTN)

    BaliPromotionCenter@translatorbali

    At the invitation of Xi Jinping, Chinese president ,Kim Jong Un, DPRK chairman paid an unofficial visit to China from Sunday to Wednesday, Chinese President Xi Jinping meets with DPRK leader in Beijing https://news.cgtn.com/news/3259544f306b7a6333566d54/share_p.html  … … pic.twitter.com/x2e1NRXb8g

    BaliPromotionCenter@translatorbali

    China’s President Xi Jinping welcomes Kim Jong Un to China with a special ceremony as the North Korean leader makes his first foreign trip since he came to power in 2011. https://abcn.ws/2I9uni4  pic.twitter.com/i1JVnftlxF

     

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...