News Portal

  • शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास सुरु

    इभक्तपुर संवाददाताभक्तपुर, १५ बैशाख
    ८९६ पटक
    भक्तपुर, १५ बैशाख

    कोरिया प्रायद्विपमा सधैँका लागि युद्ध अन्त्य गर्ने सहमति भएको छ । दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताबीच शुक्रबार सम्पन्न शिखर बैठकमा यस्तो सहमति भएको हो । सहमतिअनुसार यसै वर्षभित्र दुई कोरियाबीच शान्ति सम्झौता हुने भएको छ ।

    कोरियाली युद्ध भएपछि पहिलो पटक ६५ वर्षपछि दक्षिण कोरियाली भूमिमा पुगेका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ ऊन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनबीच भएको सौहार्दपूर्ण बैठकमा कोरियाली प्रायद्विपलाई आणविक अस्त्रमुक्त क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त भएको छ ।

    दुई चरणमा भएको बैठकपछि संयुक्त घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा दुवै नेताले आपसी सम्बन्धलाई प्रगाढ बनाउन वार्ताको क्रम जारी राखी थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वार्तामा भएको सहमतिअनुसार यसै वर्ष दक्षिण कोरियाका राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् ।
    दुई कोरियाबीच सन् १९५० देखि ५३ सम्म भीषण युद्ध भएको थियो । युद्धपछि युद्धविराम सम्झौता गरिए पनि शान्ति सम्झौता नगरिएकाले अहिलेसम्म प्राविधिक रूपमा दुवै कोरिया युद्धको अवस्थामा थिए । दुवै देश एकअर्काप्रति आरोपप्रत्यारोपमा केन्द्रित थिए ।

    दक्षिण कोरियाको पान्मुन्जोमस्थित शान्तिगृह (पिस हाउस) मा नेताद्वय किम र मुुनबीच शुक्रबार बिहानै झन्डै डेढ घण्टा वार्ता भएको थियो ।
    औपचारिक वार्ता अगाडि किमलाई मुनले सैन्य प्रदर्शनी अगाडि अभिवादनसहित भव्य स्वागत गरेका थिए । पहिलो पटक दक्षिण कोरियाली भूमि टेकेका किमले मुनलाई पनि त्यसैबेला उत्तर कोरियाली भूमि टेकाए । नेताद्वयको यस कदमलाई निकै महत्व दिइएको थियो ।

    यसलाई शान्ति र मेलमिलापको सङ्केतका रूपमा हेरिएको छ । शुक्रबार बिहान उनीहरुको ऐतिहासिक शिखर बैठकअन्तर्गत पहिलो चरणको वार्ता सम्पन्न भएपछि खानाको समय छुट्याइएको थियो । खाना खाएपछि फेरि भेटवार्ता भएको थियो । दुवै चरणको वार्तापछि पान्मुन्जोम घोषणापत्र जारी गर्दै आउँदा दिनमा वार्ता र छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

    सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो पटक उत्तर कोरियाका नेता दक्षिण कोरिया गएका हुन् ।
    बैठकस्थलमा प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा उनले “शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास सुरु भएको छ,” भनेर लेखेका छन् । दुई कोरियाबीच ऐतिहासिक शिखर वार्ता सफल भएकोमा चीन, अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेका छन् । नेपालले पनि शुभकामना प्रकट गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...