News Portal

  • डोल्पामा विप्लबका कार्यकर्ता द्वारा प्रहरी माथि आक्रमण

    इभक्तपुर संवाददाताडोल्पा, ३१ बैशाख
    १०६३ पटक
    डोल्पा, ३१ बैशाख

    डोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरी माथि आक्रमण गरेका छन् ।

    आइतबार नेपाल बन्दको क्रममा बजार बन्द गराउँदै हिडेका सागर शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका शाहीलाई प्रहरीले सदरमुकाम दुनै पुर्याउने क्रममा सोमबार बिहानै नेकपाका कार्यकर्ताले बीच बाटोमा प्रहरी माथि आक्रमण गरेर उनलाई छुटाइ लिएका छन् ।

    पक्राउ परेका आफ्ना कार्यकर्ता सागर शाहीलाई छुटाउन उनीहरुले प्रहरीमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट प्रहरी हवलदार धनसिँ कठायत र प्रहरी जवान जयलाल बस्नेत सामान्य घाइते भएका छन् । नेकपाका जिल्ला इन्चार्ज अजित बिष्टको नेतृत्वमा आएको पाँच जनाको समुहले प्रहरीमाथि आक्रमण गरेको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए,
    मुड्केचुला गाउँपालिका–९ घर भएका शाही नेकपाका जिल्ला कमिटी सदस्य हुन् । शाहीलाई छुटाउन नेकपाका कार्यकर्ताले ठुलीभेरी नगरपालिका–९ अन्तरगत पर्ने भेत्ति डाँडोमा जीप भित्रै ढुङ्गा प्रहार गरि आक्रमण गरेका हुन् ।

    आक्रमणकारीलाई पक्राउ गर्न त्रिपुराकोट जुफाल कालागौडा र दुनै बाट ईन्सपेक्टरको नेतृत्वमा ३५ जनाको संख्यामा प्रहरी परिचालन गरिएको छ । सागरसँगै पक्राउ परेका नेकपाका बिबश शाही र दिनेश सिंहलाई भने प्रहरीले आइतबार साँझ नै छाडि सकेको थियो ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...