News Portal

  • सम्पादक बुखारीको गोली हानी हत्या

    काठमाडौँ, १ असार
    १०१८ पटक
    काठमाडौँ, १ असार

    जम्मु-कश्मिरको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार एवं राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीको गोली हानी हत्या गरिएको छ। श्रीनगरको लाल चोक सिटीसेन्टरस्थित आफ्नो अफिसबाट पार्टीमा जान लाग्दा उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरी अधिकारीले जनाएका छन् ।

    जम्मु-कश्मीरका डिजिपी एसपी वैदले मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले साँझ ७:१५ मा उनीमाथि गोली प्रहार गरेको बताए । शुजात बुखारीका साथैमा रहेका पीएस्अोको पनि गोलीबारीमा परी मृत्यु भएको बिबिसीले जनाएको छ ।

    उक्त घटनामा अर्का एकजना घाइते भएका छन्। शुजात बुखारीमाथि सन् २००० मा पनि हत्या प्रयास भएको थिये । उनलार्इ प्रहरीले सुरक्षा दिँदै आएको थियो । उनी कश्मिरमा शान्ति बहालीका लागि लामो समयदेखि सक्रिय रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...