News Portal

  • साउने सोमवार शिवको पूजा अर्चना गर्दा नगर्नुस् १० काम

    नेपालवाल संवाददाताकाठमाडौं, १४ साउन
    २२३० पटक
    काठमाडौं, १४ साउन

    शिवभक्तको लागि साउन महिना विशेष महत्वको हुनेगर्छ । भगवान शिवलाई खुशी पर्न साउनको सोमवार भक्तजनहरु बिशेष भक्तिभावका साथ् पूजाअर्चना गर्ने गर्दछन ।

    पशुपतिनाथको देश भनेर पनि चिनिने नेपालमा शिवभक्तहरु साउने सोमवार शिवको बिशेष पूजा अर्चनामा लिन हुने गर्दछ्न् । चाडै प्रशन्न हुने र चाडै नै क्रोधित बन्ने भनेर शाश्त्रहरुमा बर्णन गरिने आराध्यदेव भगवान शिवको पूजा अर्चनामा बिशेष ख्याल गर्नुपर्ने पण्डितहरु बताउछन् ।

    भगवान शिवलाई प्रशन्न गर्न चाहने भक्तजनले पूजामा निम्न १० कुरा गर्न नहुने बिश्वास गरिन्छ :

    १.शिवपूजामा कालो रंगको बश्त्र धारण गर्नुहुदैन । भगवान शिवलाइ कालो रंग मन नपर्ने धर्म शास्त्रमा बर्णन गरिएको छ ।

    २.भगवान श‌िवलाइ सेतो फूल धेरै राम्रो लाग्छ तर केतकीको फूल सेतो भएपनि भोलेनाथलाइ मन नपर्ने हुनाले चढाउनु हुदैन ।
    ३. भगवान श‌िवको पूजा गर्दा शंखबाट जल अर्प‌ित गर्नु हुदैन ।
    ४ . भगवान श‌िवको पूजामा तुलसीको प्रयोग पनि वर्ज‌ित मानिन्छ ।
    ५ .शिवजीलाई पूजामा तिल नचढ़ाउन सिफारिस गरिएको छ । तिल भगवान व‌िष्‍णु भगवानको मैल बाट उत्पन्न भएको मानिन्छ ।

    ६ भगवान शिवलाई टूटेको चामल ( अक्षता ) पनि मन पर्दैन ।
    ७ . शिवलिंगमा नरिवलका पानी चढ़ाउन हुदैन । शिव प्रतिमामा नरिवल चढ़ाउन भने बर्जित छैन तर नरिवलकाे पानी निकाल्नु पर्दछ ।
    ८.हल्दी र कुमकुम उत्पत्तिको प्रतीक हो, त्यसैले पूजामा प्रयोग गर्नुहुन्न ।
    ९. बेल पत्र शिवजीको प्रिय हो । बेल पत्रको तीनै पात सद्दे हुनुपर्छ , च्यातिएको पात हुनुहुन्न ।
    १०.पूजामा प्रयोग गरिने फूल बासी र ओइलाएको नहोस् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...