News Portal

  • झाम्रे र मायालु

    ९, भदाै, २०७५
    १९३४ पटक
    ९, भदाै, २०७५

    कथाकार : महेश्वर पन्त
    फलेवास, पर्वत
    हालः बोस्टन, अमेरिका

    पश्चिम नेपालको पहाडी भेगमा रोदी बस्ने चलन व्यापक छ । अझ पुराना दिनहरूमा त झनै व्यापक थियो । बाग्लुङ, पर्वत, म्याग्दी, स्याङजातिर ‘झ्याउरे गाउने’ लाई ‘झाम्रे गाउँने’ भन्ने गरिन्छ । तन्नेरी र तरुनीहरू बसेर दोहोरीशैलीमा प्रस्तुत भएर गाइने प्रथा नै ‘झाम्रे’ हो र यसरी गाउँन बस्ने घर अर्थात् जहाँ बसिन्छ त्यो नै ‘रोदी’ हो । रोदी बस्ने भन्नाले ‘दोहोरी गीत गाउन बस्ने’ भन्ने बुझिन्छ ।
    म झाम्रेमा गहिरिएर लागिनँ, अलि हावातालको जस्तो थिएँ म । मेरो स्कुलको साथी दुर्गेले निकै गाउँथ्यो । हाम्रो गाउँमा ऊ एक मात्र मादल बजाएर रातभर ‘सालैजो’ लगायतका सबै गीत गाउने केटा थियो । काइँलो, राजेन्द्र, ठाकुर, म लगायतका अरू साथीहरू खाली पछाडिबाट सहयोग थप्ने मात्रै गथ्र्यौँ । उसलाई झाम्रे गाउने केटीहरूले मन पराउँथे । उसलाई मन पराउँदा ‘म पनि राम्रो गाउने बन्छु’ भन्ने लाग्थ्यो तर सक्दैनथेँ । ऊ राना थर भएकोले घरमै बसेर झाम्रे गाउने छुट थियो तर मलाई हेर्नेसम्म पनि छुट थिएन । आजकल त झाम्रेलाई ‘रोदी घर’, ‘रोदी क्लब’ भन्ने चलन पनि छ । साथै यसलाई सभ्य र व्यावसायिक स्तरमा पु¥याइएको पनि छ । पहिला पहिला ब्राह्मण र शिक्षित मान्छेहरू रोदी बस्दा जात जान्छ, रक्सी चुरोटको लत लाग्ने र घरबारसमेत बिग्रन सक्छ भन्ने सोच थियो ।
    मलाई यी सबै लत त लागे, दुर्गे र मेरा अरू साथीहरूबाट । तर झाम्रेमा प्रख्यात हुन चाहिँ सकिनँ; झाम्रेमा तरुनीहरूसँग गहिरो सम्बन्ध हुन सकेन । अर्को साथी चित्रबहादुर गुरुङ पनि झाम्रेमा स्कुले जीवनबाटै प्रख्यात थियो । ऊ कैलेकाहीँ स्कुलमा निदाउँथ्यो, अनि मैले सोध्थेँ— “ओ चित्रे ! किन निदाइस् ?”
    ऊ भन्थ्यो— “आऽऽ ना उठाना । माथी गामबाट तारुनीहारू आकोथ्यो, झाम्रे गाईरा रात भर ।”
    अचम्म मान्थेँ म— “काँ गाइस् ?”
    “घारमै हो” भन्दै ऊ फेरि कक्षाको पछाडिपट्टिको बेन्चमा निदाउँथ्यो; सरले पढाइरहन्थे ।
    “मलाई भने झाम्रे हेर्नेसम्म छुट थिएन । यिनीहरूलाई चैँ घरमै आमाले पकाको खाएर तरुनी केटीसँग रातभर एउटै कोठामा झाम्रे गाउन पाउने ? ए रातै !” मलाई कम्पारो तातेर आउँथ्यो, आपूm शिक्षित परिवारमा जन्मेको र बाहुन भएकोमा ।
    दुर्गेको आमाले भन्थिन्— “ए कान्छा ! पारिबाट नानीहरू आइच्चन्, झाम्रे गाम्न झट्ट आइज का !”
    हामी मैते जिबाकोमा तास खेलेका हुन्थ्यौँ । मैले तास त्यति खेलिनँ, छेउमा बसेर हेर्थँे । तासेहरूसँग बसेर बिँडी भने निकै तानेँ । दुर्गे, काइँला, ठाकुर र कालुकोमा कति झाम्रे नाचगान भए ! तर म घरबाट भागेर लुकीलुकी केहीक्षण मात्र हेर्न पाउँथेँ । म झाम्रेमा नाच्न भने सिपालु थिएँ । स्कुल पढ्ने बेलामा मसँग त्यति पैसा पनि नहुने, त्यसैले गाउँभन्दा टाढा गएर झाम्रे गाउँने नाच्ने मेरो हैसियत थिएन । तर दुर्गे भने कहिलेकाहीँ जान्थ्यो । ऊ सालैजो भाका पनि राम्रो गाउँथ्यो । दोहोरीमा प्रायः धारिलो हुनेले मात्र निम्ता पाउँथे । म खालीे अरूको ईष्र्या मात्रै गर्थेँ । मलाई लाग्छ, जे आपूmसँग छैन त्यसैको बढी चाहना हुन्छ ।
    आमाले ‘झाम्रेमा गए छोरो बिग्रन्छ’ भनेर कहिल्यै जान दिनुभएन मलाई । मेरी आमाको निद्रा सारै पातलो थियो, कुकुरकै जस्तो । मेरो मुखको र मनको भाषा पढ्नुहुन्थ्यो क्यारे ! जब राती बाहिर जानुप¥यो कि, आमाले थाहा पाइहाल्ने । म प्रायः राती उठेर झाम्रे गाउँन जाने र बिहानपख आमा नउठ्दै आएर सुत्ने गर्थेँ । तर आमाले थाहा नपाएको र मैले गाली नखाएको दिन कहिल्यै थिएन । अलि सानोमा त पिटाइ पनि खाएको थिएँ । तैपनि झाम्रे गाउने ठाउँमा जान छोडिनँ, गाउन नाच्न पनि छोडिनँ ।
    झाम्रे प्रायः अँध्यारोमा गाउँने चलन थियो । मलाई अचम्म लाग्थ्यो ! एक त अँध्यारो, त्यसमा पनि प्रायः तरुनीहरू गोलबद्ध भएर बस्थे र पछ्यौराले मुख छोपेका हुन्थे । मैले त प्रायः चिन्न पनि सक्दैनथेँ । फेरि कसरी गीत गाउँदा माया बस्छ होला ! कसरी चिनजान हुन्छ होला ! अनि दिउँसोमा भेट्दा कसरी चिन्ने ! सायद, यसैले होला दुई–तीन दिनरात गीत लगातार गाएर कसैले आपूmभन्दा धेरै जेठी, त्यो पनि पहिल्यै विवाह भैसकेकी तरुनी भित्र्याए रे ! उनको स्वर र उनले भनेका दोहोरीका शब्दमा मोहनी थियो रे ! तर मलाई मोहनी लागेको थिएन । कहिलेकाहीँ तरुनीहरूले मतिर सङ्केत गरेर शब्दले हान्थे । मैले जवाफ त्यसै बिगारेर दिन्थेँ । साथीहरूले मिलाएर जवाफ फर्काइदिन्थे । म अलि लजालु स्वभावको पनि थिएँ ।
    अँध्यारोमा तरुनीहरूको पछ्यौराले धेरै दुःख दिन्थ्यो । एउटै पछ्यौरा दुई तीनवटीले ओढेर बस्थे । को कता छ भन्ने थाहै नहुने । दुर्गे कहिलेकाहीँ मात्यो भने चिमोट्ने गथ्र्यो, साहै्र दुख्ने गरी चिमोट्थ्यो । मैले पनि पालाको पैँचो तिर्न भनेर एक दिन त दुर्गे सम्झेर केटीलाई नै चिमोटिदिएछु । अर्काको गाउँमा थियौँ । राजेन्द्रसहित हामी तीनजना थियाँै । झन्नै त्यतिबेला चुटाइ खाइएन ! धन्न दुर्गेलाई मन पराउने केटीले बचाइन् । यो घटनाले पछिसम्म हँसायो हामीलाई ।
    झाम्रेमा अर्को चलन थियो— त्यो हो तरुनी तोर्ने । एकजना दाइको विवाहमा हामी राना मगरहरूको बस्तीमा गएका थियाँै । राती पञ्चेबाजामा नाच्दानाच्दै हामीलाई झाम्रे गाउने निम्ता आयो । धेरै तरुनीहरू थिए । हामीले एउटा गु्रपलाई फकाउनुपर्ने भयो अर्थात् तोर्नुपर्ने भयो । हामीलाई फेरि अँधेरीले मार हान्यो । हामीले भर्खरका तरुनीहरू छोडेर बूढी तरुनीहरू पो तोरेछौँ ! गीत शुरु भएपछि छेउमा बसेर भर्खरका तरुनीहरूले जिस्क्याएपछि बल्ल हामीलाई थाहा भयो । हामी पिसाब गर्न जाने निहँुमा भाग्यौँ र भर्खरका तरुनी तोरेर अर्कै ठाउँमा बसेर गायौँ । भोलिपल्ट दुलही लिएर फर्कँदा दुर्गेलाई एउटी तरुनी पछि लागेर हैरान पारी । छुटाउनै धौधौ प¥यो । रुमाल चिनो दिई, गाउँ आउन बाचा गराई, बल्ल फुत्कियो दुर्गे । मेरो मनमा ती तरुनीहरूले मलाई वास्ता गरे हुन्थ्यो जस्तो लागेको थियो; तर मलाई वास्तै गरेनन् । म सबैभन्दा राम्रो पनि थिएँ, पढेको पनि थिएँ तर त्यहाँको भाषा मलाई आउँदैनथ्यो । मेरो भाषा उनीहरू बुझ्दैनथे । सायद, त्यसैले होला ।
    मेरो भलिबलप्रतिको रुचिका कारण स्कुलेजीवनपछि विभिन्न गाउँमा पुगेँ म । त्यसपछि मेरो रोदी बस्ने बानी अभैm बढ्यो । गुरुङ मगरका गाउँहरू भलिबल खेलका लागि र झाम्रे गाउनका लागि प्रख्यात थिए । यसै क्रममा धेरै ठाउँमा बस्ने खेल्ने र दोहोरी गाउने मौका मिल्ने गथ्र्यो । यति लामो यात्रापछि म पनि अलिअलि गाउने भएको थिएँ । अब त घरबाट राती नै उकालीओराली हिँडेर रातभर झाम्रे गाएर बिहान उज्यालो नहुँदै घर आइपुग्थेँ, म । म पनि आइ.ए. पढ्ने जवान भइसकेको थिएँ । भलिबल पनि राम्रो खेल्थेँ । तरुनीहरूले मलाई पनि हेर्छन् जस्तो लाग्थ्यो । तर के भन्ने, कसरी थाहा पाउने ? यस्तै कुरामा म अलमलमा हुन्थँे ।
    एकदिनको कुरा हो, हामी कुँवर गाउँमा रोदी बसेका थियौँ । मेरो साथी राजेश कुँवरले लिएर गएका थिए, मलाई । तर उनलाई चाहिँ गीत गाउन आउँदैनथ्यो । मलाई लगेका थिए गीत गाउँनलाई । केही अरू साथीहरू पनि थिए । झाम्रेमा उस्तै अँध्यारो थियो । सानो लाल्टिन बलेकोले सबै मान्छेहरू छायाँछाँया जस्ता देखिन्थे । मलाई एउटी तरुनीले कोट्टयाइन्, म झस्केँ ।
    उनले मेरो कान नजिकै आएर भनिन्— “म हजुरलाई केही दिन्छु है !”
    मैले भनेँ— “के हो ?”
    उनले अभैm लाडिँदै कानमा भनिन्— “भोलि उज्यालोमा हेर्नुहोला ।”
    मेरो हातमा सानो कपडा थमाइदिइन्, मैले खल्तीमा राखेँ । उनले निकै प्रेमिल गीत निकालिन् । मैले सकेसम्म जवाफ दिएँ । एउटा गीत याद आउँछ, उनले भनेको तर लय बिर्सेँ—
    सल्काउनु पर्दैन खैनीलाई
    नभुल्नु है ! यो दुःखी बैनीलाई ।
    मैले फर्काएको शब्दहरू यस्ता थिए—
    झुला भए सँगसँगै झुलम्ला
    मर्छु बरु काँ तिम्लाई भुलम्ला !
    भोलिपल्ट ब्यूँझेपछि चिनो हेरेँ, रुमाल रहेछ । त्यसमा लेखिएको थियो— “क्ष् यिखभ थयग १”रमाइलो लाग्यो— मलाई पनि झाम्रेमा कसैले पत्याएको देखेर ।
    अफशोच् ! केही दिनमा हाम्रै गाउँको मेलामा मैले उनलाई चिनेनछु । साह्रै चित्त दुखाइछिन् उनले । उनी फर्केपछि गुरुङ्नी दिदीले भनेपछि पो थाहा भयो, मलाई । तल खोलासम्म राजेन्द्र र म गयौँ, तर भेट भएन । यो रोदीको अँध्यारोले धोका दिएको ठानेँ मैले ।
    भलिबल खेल र मेरो गीतप्रतिको चाहनाले अर्को एउटा स्कुले केटीहरूको टोलीसँग भेट गराएको थियो— देवी, माया र जुना गुरुङसँग । म लगायत तेजेन्द्र गुरुङ, त्यसै गाउँका काका पनि थिए हाम्रो टोलीमा । मलाई याद छ, कतिपटक हामीले बिस्कुटको फाँडो पकाएर खाँदै रातभर गीत गाएका थियौँ । उनीहरूसँग कैल्यै पनि चुरोट र रक्सी पिउने कुरा भएन । तर हामी केटा साथीहरूचाहिँ झाम्रेमा भेटेको कुरा लिन्थ्यौँ । मेरै गाउँका राजेन्द्र पनि गएका छन् कति पटक । गीत गाउँनमा तीनैजना सिपालु थिए । कतिपटक काली सोल्टी र चित्रबहादुरले पनि हामीलाई गीत गाउन सघाएका थिए । तर उनीहरू हामीभन्दा गतिला टोली थिए ।
    यो झाम्रे गीतमा जीवनको छुट्टै मज्जा हुन्छ । गहिरो मायापिरती हुन्छ । मलाई कसैसँग अनावश्यक र गलत सम्बन्धको कहिल्यै रहर भएन । सायद, त्यसैले होला, मैले मान्छे चिन्न नसकेको । तर झाम्रेका महिला टोलीमध्ये मलाई माया गुरुङ भने मन पथ्र्यो । तर उनलाई मैले कैल्यै पनि भन्न सकिनँ ।
    झाम्रे पनि एउटा परम्परादेखि चल्दै आएको खेल हो जस्तो लाग्थ्यो मलाई । घरबाट भागीभागी, नसुती नसुती रातभर दोहोरी गाउँनुको मज्जा केही न केही त पक्कै थियो होला ! खै, के थियो ! यो लेखेर वा भनेर व्यक्त हुने मज्जा जस्तो मलाई लाग्दैन । यति बेला मलाई रोदीको मज्जा तीनजना तरुनीमध्ये मायासँग गाउँदा लागेको थियो । मैले पनि केही भनिनँ, उनले पनि केही भनिनन् । तर हाम्रो गीतमा त्यो माया भिजेको थियो भन्ने म ठान्दथँे । कति मज्जाले भनेकी थिइन् उनले—
    मलाई लाँदा हेरेर बसौला
    तारे भिरको छाँगोभैmँ खसौला ।
    मैले उनको गीतलाई वार्तामा वा प्रेमालापमा प्रयोग गर्न सकिनँ । साथीहरूले त भन्थे, तर जिस्क्याएको जस्तो लाग्थ्यो मलाई ।
    उनीहरू एस.एल.सी.को जाँच दिएर बसेका थिए । म बि.ए. पढ्दै थिएँ, भर्खर पहिलो वर्ष । भेट हुने समाचार कसै मार्पmत् पठाउनुपर्ने हुन्थ्यो । मलाई घरमा समाचार दिनु भनेको छाँगोबाटै खस्नु जस्तै थियो । घरमा आमाबाले थाहा पाए बर्बाद हुन्छ भन्ने डरले मनमा डेरा जमाउँथ्यो । कहिले समाचार आउँदा ढिला हुन्थ्यो । मन भएर पनि भेट्न गाह्रो थियो । यतिका वर्षसम्मको भेटघाटमा पनि आफ्नो मनको कुरा भन्न सकिनँ मैले । सायद, उनको कुरा बुझिनँ । उनको गीतमा मर्म थियो तर त्यसलाई मैले रोदीको दोहोरी सम्भेmँ । मेरो गीतलाई उनले के सम्झिइन्, मैले बुझ्ने आँट पनि गरिनँ ।
    असारमा खेत रोपाइँको माचो थियो । एक दिन माया र जुना हाम्रो गाउँमा मलाई भेट्न आएको खबर मलाई दिएका थिए । तर खेतको कामले म रातीसम्म उनीहरूलाई भेट्न जान सकिनँ । पछि धेरै अबेर म गाउँमा पुगेँ । “हतार छ, साँझसम्म घरमा नपुगे मार्छन्” भन्दै उनीहरू उकालो लागेछन् । ‘मसँग कुरा गर्नुपर्ने जरुरी थियो रे, मिल्छ भने जसरी पनि भेट्न पठाइदिनु’ भन्ने समाचार चित्रेले मलाई सुनायो । धेरै दिन रोपाइँमै खर्च भयो । पढाइको बिदा पनि सकियो । रोदीका दोहोरीहरूलाई मेलामा हलोजुवासँगै थन्क्याएर म शहरतिर लागेँ । मैले उनको अनुरोधलाई पूरा गर्न सकिनँ ।
    लगभग चार वर्षपछिको कुरा हो । म शहरबाट गाउँ फर्केको थिएँ । डिग्रीको पढाइ सकेर जागीरे भएको थिएँ । दुर्गे कतै शिक्षक थियो, घरमा थिएन । चित्रबहादुर गुरुङ घरमा भएकोले उसँग भेट भयो । पुराना दोहोरीका कुरा उप्काएँ । उसले दोहोरी गाउँदागाउँदै आफ्नै दामले गुरुङ्नी केटी बिहे गरेछ ! मैले माया, देवी र जुनाको बारेमा सोधेँ । उसले केही सम्झेजस्तो गरेर, मुखमा खैनी च्याप्यो र भन्यो— “आच्या ! मायाले त ताँलाई चिठी पो दे’को छा ता ! काता पो छा, पख्” भन्दै चित्रबहादुर घरभित्र पस्यो । केही छिनमा हातमा धुलैधुलो भएको सानो पट्याएको कागजको टुक्रा ल्याएर दियो । खोलेर हेरेँ, मायाले लेखेको चिठी रहेछ । तर दुःख लाग्दो कुरा, त्यो चिठी त्यही चार वर्ष अगाडि असारमा मलाई भेट्न आउँदाको दिनको रहेछ । लेखिएको थियो —
    “प्यारा महेश ! प्यार तथा मिठो सम्झना ।”
    मनै सिरिङ्ग भयो । शरीरभरि काँडा उम्रियो, चिठी पढ्दै गएँ—
    “म अचम्ममा छु । केही भन्ने मौका पनि मिलेन । भेटेर धेरै कुरा गर्ने मन थियो, तिमी आएनौ । सायद व्यस्त थियौ होला । या म त्यती महत्वपूर्ण परिनँ होला ! हुन त यो सब मेरै गल्ती हो । गीतले धेरै भनेँ तर वास्तवमा तिमीलाई भेटेर भन्न सकिनँ । म तिमीलाई धेरै माया गर्छु र तिम्रोतर्पmबाट पनि जान्न चाहेको थिएँ । तर निकै ढिला भयो । मेरो बिहे मेरो इच्छाविपरीत तय भएको छ र आजै मेरो फुपुको छोरा इन्डियन लाहुरे कुरा छिन्न आउँदै छ । हाम्रो चलनमा ऊ मेरो सोल्टी हो र सोल्टीको पहिलो हक लाग्छ । मलाई लाहुरेसँग विवाह गर्ने मन थिएन । तिमीजस्तै पढ्ने र पढेर तिमीसँगै घरजम गर्ने मन थियो । तर यस्तै भयो, सानो चिनो छोडेको छु लिनु ल ! यो जुनीमा यस्तै भयो । अर्को जुनीमा भेट भयो भने समयमै भन्नेछु । क्षमा…!
    तिम्रो उही
    झाम्रेकी मायालु, माया गुरुङ
    एउटा गीत लेखेकी थिइन् पुछारमा—
    जाँ भएनि बिरानो नहुनू
    मलाई सम्झी धरधरी नरूनू ।
    पृथ्वी हल्लिन थाल्यो । म अडिन नसकेर थुचुक्क बसेँ । चित्रबहादुरले “चिया खान्छास् ?” भनेर सोध्यो । मैले “नाइ, म जान्छु” भन्दै हिडेँ । उसले मलाई उनले छोडेको चिनो दिएन; चिठी मात्रै दियो । मैले अब माग्नु पनि व्यर्थ सम्झेँ । मलाई झाम्रेले एउटा मिठो सम्झनामात्र छोडेर गयो । मैले पनि मनमनै उनलाई जवाफ पठाएँ—
    मैले पनि माया त गरेथेँ
    लुकी लुकी मनभित्र भरेथेँ
    के गर्नु र दैवले बिगा¥यो
    तिम्रो सिउँदो अर्कैले सिँगा¥यो ।
    जाँ भए’नि सुखले बस्नु है !
    मन दरो गरेर हाँस्नु है !
    त्यसपछि फेरि कहिल्यै पनि मैले झाम्रे गाउने मौका पाइनँ ।

    प्रतिकृया दिनुहोस्

    एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा...

    खुशुको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर नगर कमिटी निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश...

    भक्तपुर सिडिओमा शर्मा

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट...

    इन्द्रजात्रा मनाउन गुठि/समुदायसंग समन्वयकारी भूमिका रहन्छ- एसएसपी सिंह

    ऐतिहासिक राष्ट्रिय पर्व ‘इन्द्र जात्रा’ नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरी सम्पन्न गर्ने भन्ने...

    सेलर्डले भक्तपुरका सञ्चारकर्मीलाई दरवारमा लगेर दियो तालिम

    बाल दिवसको अवसरमा भक्तपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण तालिम सम्पन्न भएको...