News Portal

  • आयो कवयित्री मिरा न्यौपाने गजुरेलको ‘यादहरु’

    नेपालवाल संवाददाताभक्तपुर, ९ भदाै
    १८६९ पटक
    भक्तपुर, ९ भदाै

    कवयित्री एवं गीतकार मिरा न्यौपाने गजुरेलको कवितासंग्रह “यादहरु” बजारमा आएको छ । प्रकाशक रागरागिनी इन्टरटेन्टमेन्टद्वारा शनिवार भक्तपुरमा आयोजित एक भब्य कार्यक्रमका बीच कवितासंग्रह “यादहरु” को विमोचन भएको हो ।

     

    प्रमुख अतिथि भएर उपस्थित बरिष्ठ साहित्यकार माया ठकुरीका साथै साहित्यिक ब्यक्तित्वहरु धुर्व मधिकर्मि,गोबिन्द कँडेल आँसु,लगायतले संयुक्तरुपमा ‘यादहरु’ को विमोचन गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि माया ठकुरीले कवयित्री मिरा न्यौपाने गजुरेलको पहिलो कविता संग्रह यादहरुको खुलेर प्रसंशा गरेकी थिइन् । उनले कवयित्री मिरा जीवनको आरोह अवरोहका बाबजुद पनि आफ्नो कविता मार्फत मानवीय समबेदनालाई प्रस्तुत गर्न सफल भएको भन्दै प्रशंशा गरेकी हुन् । उक्त अवसरमा उनले यादहरुको एक कवितांश बाचनसमेत गरेकी थिइन् ।

    त्यसैगरि साहित्यकार ध्रुव मधिकर्मिले सरल भाषा शैलीला लेखिएका कवियित्रीका कविताहरु सलल बगेका र मानिसको आफ्नै दैनिकी झैँ लाग्ने दावी गरे ।

    कार्यक्रममा कवयित्री मिराको कवित्व र व्यक्तित्वबारे प्रकाश पार्दै साहित्यकार गोबिन्द कँडेल आँसुले कवयित्री मिराको जीवनकथा जस्तै कविता पनि सलल बगेको र उनको सरलता र मृदु भाषाशैलीले कविता संग्रह सुन्दर बनेको बताएका थिए ।

    त्यसैगरी साहित्यकार अर्चना आचार्यले कवयित्रिका ‘यादहरु’ कविताका विविध स्वादहरुको संग्रह भएको बताएकी थिइन् भने अर्का साहित्यकार तथा समाजसेवी प्रेम नारायण प्रेमीले पनि घरको चार दिवारी नाघेर साहित्यको सृजनामा लागेको भन्दै कवयित्रीको साहसको सरहना गरेका थिए ।

     

    उक्त अवसरमा ‘यादहरु’की रचयिता मिरा न्यौपाने गजुरेलले चार दशक अगाडि आफूले देखेको सपना अहिले आएर पूरा गर्न पाउँदा निकै नै खुशी लागेको बताइन् । यादहरु आफ्नो जीवन भोगाइको प्रतिमुर्ति भएको भन्दै उनले आफ्नो पहिलो प्रयासलाई पाठकले माया गर्ने र रचनात्मक सुझावहरु दिने विश्वास व्यक्त गरीन् ।

    कार्यक्रमका सभापतिसमेत रहेका प्रकाशक रागरागिनीका अध्यक्ष गायक कपिल कसपालले ‘यादहरु’ लाई आफ्नो कम्पनीले प्रकाशन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । उनले सम्पुर्ण कलाकार ,साहित्यकार र रचनाकारहरुको सृजनालाई आफूहरुको सधै साथ् र सहयोग रहने भन्दै कला र साहित्यको सेवामा रागरागिनी सदैव समर्पित रहने प्रतिबद्धतासमेत प्रकट गरे ।

     

    कलाकार, साहित्यकार ,समाजसेवी , पत्रकार लगायत कविताका पारखीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा अल्वर्ट बज्राचार्यले स्वागत मन्तब्य राखेका थिए भने निशाकुसुम राईले कार्यक्रम संचालन गरेकी थिइन् ।

     

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...