News Portal

  • नलेखिएका गाथामा लेखियो क्रान्तिको सत्य कथा, शनिवार भयो सार्वजनिक

    नेपालवाल संवाददाताकाठमाडौं, २१ पुस
    ९३५ पटक
    काठमाडौं, २१ पुस

    घर्तिले दश वर्षे जनयुद्ध क्रान्तिकारीहरुको बिजयको कथा भएको र यसको योगदान भूल्न नहुनेमा जोड दिदै भनिन्,“हजारौं योद्धाहरुले गरेको बलिदानले यो अवस्था आएको छ, प्रदिपजी जस्तै बाँचेका योद्धाले भावि पुस्ताको लागि कलम चलाई राख्नु पर्छ ।”

    कृति र कृतित्व बारे प्रकाश पार्दै बालाचनका सहयोद्धा, प्रगतिशील लेखक एवम नेकपाका युवा नेता सरल सहयात्रीले वालाचनको रचना जनयुद्धमा भएका वास्तविक घटनाको ऐना जस्तै भएको दावी गरे । “प्रदिप कमरेड एक ज्युदो सहिद हो, उहाँको कृतिले क्रान्तिको बाकी कार्यभार पुरा गर्न ब्युँझाइरहने छ।” सहयात्रीले भने ।

    त्यस्तै साहित्यकार तथा अर्का क्रान्तिकारी युवा नेता बलराम तिमल्सिनाले लेखकको पुस्तक युवा पिँडिलाई उपयोगि हुने भन्दै बिगत्लाइ बलियो बनाउन र नेतालाइ झकझकाउन यस्ता कृती अझ आउनुपर्ने बताए ।

    पुस्तकका लेखक प्रदिप वालाचनले आफूले जे देखे भोगेको हो त्यही लेखेको भन्दै भने,”आन्दोलनमा जे भेट्यो त्यहिले हान्ने जस्तै गरि लेखेको छु ।”

    हिजोको सत्य इतिहास नमरोस,सुन्दर सपना बोकेर हिडेका सहिद तथा घाइतेका योगदान गुमनाम नहोस भनेर आफूले किताब लेखेको उनले स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    काठमाडौं, सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...

    मानवीय आस्थामा नयाँ कार्यसमिति

    भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार...