News Portal

  • सूचना दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएका हम्जाको हत्या

    भक्तपुर, १६ साउन
    ८७९ पटक
    भक्तपुर, १६ साउन

    इस्लामिक संगठन अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा विन लादेनको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएको बीबीसीले बताएको छ । उनी मारिएको मिति र स्थानबारेमा भने प्रष्ट नपारिएको भए पनि उनको मृत्यु भएको दावी गरिएको बताइएको छ ।

    झन्डै ३० वर्ष उमेर भएको ठानिएका ओसामा बिन लादेनका छोरा हम्जा अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेका थिए। उनले आफ्ना बाबु ओसामाको सन् २०११ को मे महिनामा पाकिस्तानमा गरिएको हत्याको बदला लिन आग्रह गर्दै आएका थिए ।

    यहि फेब्रुअरी महिनामा अमेरिकी सरकारले हम्जा बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

    त्यसलगत्तै साउदी अरेबियाले गत मार्चमा हम्जाको नागरिकता खोसेको थियो।

    उनलाई अल-कायदाभित्र आफ्ना पिताको उत्तराधिकारीको रूपमा उदाइरहेको अनुमान गरिएको थियो । सन् २०११ मा पाकिस्तानस्थित ओसामा बिन लादेनको निवासमा छापा मार्दा बरामद गरिएका दस्ताबेजहरूले हम्जालाई अल-कायदाको नेतृत्व सम्हाल्नेगरी उनलाई तयार पार्दै गरेको देखाएको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ।

    अल कायदा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावर ध्वस्त गरी सयौको अमेरीकी नागरीकको ज्यान लिने गरी भएको भीषण आक्रमण हमलामा संलग्न समूह हो।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...