News Portal

  • सीको नेपाल आगमनबारे औपचारिक घोषणा : सुरक्षामा ३ दर्जन कमान्डो तैनाथ गरिदै

    १०५४ पटक

    चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।

    उता चीनले पनि राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियाँ विदेशमन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखी १३ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम छ ।

    चिनियाँ राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ । नेपाल र भारत दुवै देशमा एक–एक रात बिताएपछि १३ मा राष्ट्रपति सी वेइजिङ फर्कनेछन् ।

    सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपाल सरकारले भव्य तयारी गरेको छ । काठमाडौंका सडकहरु सिंगारिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

    भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ ।

    यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ । यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् । सीसँग चीनबाटै पनि उनकाे सुरक्षार्थ टाेली अाउने बताइएकाे छ ।

    नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम समेत छ ।

    यस्ताे छ नेपाल सरकार परराष्ट्र मन्त्रालयले जारी गरेकाे प्रेस विज्ञप्ति

    PRESS RELEASE

    At the friendly invitation of President of Nepal, Right Honourable Mrs. Bidya Devi Bhandari, the President of the People’s Republic of China His Excellency Mr. Xi Jinping is paying a state visit to Nepal on 12 and 13 October 2019.

    During the visit, President H.E. Mr. Xi Jinping will meet with President Rt. Hon. Mrs. Bidya Devi Bhandari. The Right Honourable President of Nepal will host a Banquet in honor of President H.E. Xi Jinping and the Chinese delegation.

    President H.E. Mr. Xi Jinping will hold delegation-level official talks with Right Honourable Prime Minister Mr. K P Sharma Oli. Following the talks, both leaders will witness the signing of bilateral agreements and memoranda of understanding.

    Senior leaders of Nepal will call on President H.E. Xi Jinping during his sojourn in Kathmandu.

    Ministry of Foreign Affairs
    Singhadurbar
    Kathmandu, Nepal

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...