News Portal

  • भक्तपुरमा भनेको कुराले भ्रम सृजना गरेको भन्दै देउवाले दिए स्पष्टीकरण (बिज्ञप्तिसहित)

    भक्तपुर, २ कात्तिक
    १६५९ पटक
    भक्तपुर, २ कात्तिक

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार भक्तपुरमा दिएको अभिव्यक्तिले भ्रम सृजना गरेको भन्दै स्पष्टीकरण दिएका छन् । शनिवार विज्ञप्ति नै प्रकाशित गरि सभापति देउवाले स्पस्टीकरण दिएका हुन् ।

    सांसद मोहम्मद अफताव आलमलाई १२ वर्ष पछि प्रहरीले पक्राउ गरेको विषयमा आक्रोशित हुँदै देउवाले शुक्रवार भक्तपुरको बोडेमा आयोजित एक प्रशिक्षण कार्यक्रममा काँग्रेस नेता कार्यकर्तालाई फसाउन खाेजिएको आरोप लगाएको समाचार बाहिरिएपछि उनको आलोचना भएको थियो । लोकतन्त्रको वकालत गर्ने पुर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापतिले नै सर्वोच्च अदालतको आदेशबाट अनुसन्धानका लागि पक्राउ परेका आलमको बचाउ गर्दै अभिव्यक्ति दिएपछि उनीसंगै काँग्रेस पनि बिबादमा तानिएको थियो । यससंगै पार्टी भित्रै पनि देउवालाई बोली सच्याउन प्रेसर परेको श्रोतले बताएको छ ।

    शनिबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले आफ्नो विवादास्पद बोली फेर्दै आफूले मोहम्मद अफताव आलमको मुद्दामा ‘षड्यन्त्र भयो’ नभनेको बताएका छन् । उनले आफूले अनुसन्धानमा ढिलासुस्ती हुँदा सत्यतथ्य अन्वेषणमा बाधा उत्पन्न हुने भएकोले १२ वर्ष पुरानो मुद्दामा आफूले यहि संकेत मात्र गरेको जिकिर गरेका छन् ।

    मोहम्मद अफताव आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहने भन्दै सभापति देउवाले निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने आफ्नो प्रष्ट मान्यता रहेको पनि विज्ञप्तिमार्फत प्रष्ट पारेका छन् ।

    हेर्नुस बिज्ञप्ति

    यो पढ्नुभयो ?

    भक्तपुर आएर देउवाको प्रश्न : १२ वर्ष के हेरेर बसेको ?

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...