News Portal

  • भक्तपुरको उपनिर्वाचनका लागि ४ जनाको नाम सिफारिस : शनिवार केन्द्रले निर्णय गर्ने सम्भावना

    सत्तारुढ़ नेकपाको केन्द्रिय सचिवालयले कसलाई पत्याउला

    भक्तपुर, १५ कात्तिक
    ५०४० पटक
    भक्तपुर, १५ कात्तिक

    भक्तपुरको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्यका लागि निर्धारित उपनिर्वाचनका लागि सत्तारुढ़ नेकपाले ४ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको छ । मङ्सिर १४ मा तय भएको उपनिर्वाचनका लागि ४ जना आकांक्षीको नाम केन्द्रमा रिफारिस गरी पठाइएको हो ।

    भक्तपुर जिल्ला कमिटीले पठाएको ३ नाममा एक महिला थपेर प्रदेश ३ को पदाधिकारी बैठकले शुक्रवार ४ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको एक पदाधिकारीले भक्तपुर पोस्टलाई बताएका छन् । शनिवार बिहान बस्ने केन्द्रकाे बैठकले ४ जना मध्ये एक उम्मेदवार छान्न सक्ने समेत श्रोतले जनाएको छ । ” शनिवार विहान डाकिएको सचिवालय बैठकमा उपनिर्वाचनका लागि उम्मेदवार छनौटको विषयमा छलफल हुनेछ, निर्णय भएमा भोली नै को उम्मेदवार भन्ने टुंगो लाग्छ ।” श्रोतले भन्यो ।

    भक्तपुर जिल्ला पार्टीले सचिव डीपी ढकाल र जिल्ला सदस्यद्वय रमेश बुढाथोकी र मोहनवीर श्रेष्ठको नाम प्रदेश कमिटीमा सिफारीस गरेर पढाएको जानकारी प्राप्त भएको छ । एक महिलाको नाम पनि अनिवार्य पठाउनुपर्ने व्यवस्था बमोजिम प्रदेश कमिटीले जिल्ला सदस्य नारायणी फुयालको नाम समेत समावेश गरी केन्द्रमा ४ जनाको नाम पठाइदिए पनि प्रतिष्पर्धा भने ढकाल, बुढाथोकी र श्रेष्ठबीच हुने अनुमान गरिएको छ ।

    उम्मेदवारीका लागि सिफारिस गरिएकामा ढकाल उमेरले सबैभन्दा युवा हुन् भने पदले सबैभन्दा जेष्ठ छन् । उनी पार्टीको प्रदेश कमिटी सदस्य हुन् भने जिल्लामा पार्टी सचिवको हैसियतमा छन् । बौद्धिक नेताको रुपमा परिचय बनाएका ढकाल तत्कालिन अर्थमन्त्री वर्षमान पुनको स्वकीय सचिव समेत रहिसकेका छन् । उनी पूर्व माओबादी नेता हुन् । यस अघिको निर्वाचनमा उनले पार्टीको आधिकारीक उम्मेदवार भएर उम्मेद्वारी दर्ता गराएपनि हरिशरण लामिछानेले बागी उम्मेद्वारी दिएपछि पार्टीको निर्देशनमा ढकाल पछि हटेका थिए । यसपटक उनले उम्मेद्वारी पाउने प्रवल सम्भावना रहेको श्रोतको दावी छ ।

    श्रोतका अनुसार ढकाललाई राजनीतिक प्रतिस्पर्धी ठान्ने केहि स्थानीय नेताहरु भने ढकालको बिपक्षमा छन् । पूर्व गाविस अध्यक्ष रहिसकेका मोहनवीर श्रेष्ठ र पूर्व गाविस उपाध्यक्ष रहेका रमेश बुढाथोकीलाई उम्मेद्वारी दिइनुपर्ने भन्दै लविङ्ग भैरहेकोले श्रेष्ठ र बुढाथोकी पनि प्रवल दावेदार देखिएका छन् । पूर्व नेकपा (एमाले ) का श्रेष्ठ र बुढाथोकी मध्ये कसलाई छान्ने भन्ने सकस भने यथावत देखिएको श्रोतको दावी छ । तुलनात्मकरुपमा श्रेष्ठ भन्दा बुढाथोकीको पल्ला भारी भएको बताइएको छ । बुढाथोकी राजनीतिकर्मीका अलावा निर्माण व्यवसायी समेत हुन् । होटल व्यवसायमा रहेकी फुयालको भने उम्मेदवार हुने ज्यादै न्यून सम्भावना रहेको देखिन्छ ।

    नेकपा भक्तपुरले शनिवार दिउँसो सो निर्वाचन क्षेत्रस्थित कमलविनायकमा भेला समेत डाकेको छ । केन्द्रले बिहान उम्मेदवार छनौट गर्ने विस्वास सहित दिउँसो भेला डाकिएको भक्तपुर पोस्टलाई जानकारी प्राप्त भएको छ । उक्त अवसरमा ५ सय बढी नेताकार्यकर्ता समेटेर निर्वाचन परिचालन कमिटी बनाउने कार्यक्रम रहेको एक जिल्ला नेताले जनाएका छन् ।

    सत्तारुढ नेकपालाई भक्तपुरको उपनिर्वाचन जित्नैपर्ने दवाव छ । यस अघि पार्टीबाट निर्वाचित प्रदेश सांसद हरिशरण लामिछानेको ह्दयघातका कारण निधन भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुने भएको हो । जितेको क्षेत्र गुमाउनु परेमा यसले देशव्यापीरुपमा नकारात्मक संदेश दिन सक्ने भएकोले यो निर्वाचन नेकपाका लागि निर्वाचन मात्र नभएर नमूना परीक्षा पनि हो ।

    याे पनि पढ्नुस्

    https://bhaktapurpost.com/archives/14143

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...