News Portal

  • कालापानीबारे चीनले मुख खोल्यो : नेपालको सार्वभौमसत्ता र अखण्डताको सम्मान गर्ने भनाइ

    भक्तपुर, २८ कात्तिक
    २३७५ पटक
    भक्तपुर, २८ कात्तिक

    भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि गाभेर सावर्जनिक गरेपछि छिमेकी राष्ट्र चीनले मुख खोलेको छ । चीनले विहीवार साँझ यस विषयममा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

    काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङले कालापानीका विषयमा उत्पन्न विवाद नेपाल र भारतले वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । विहीवार साँझ उनले चीनको यस विषयम चासो रहेको र नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको चीनले सधै सम्मान गर्ने समेत प्रतिवद्धता सार्वजनिक गरे ।

    ‘कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण वार्ता र सहमतिबाट समाधान हुन्छ भन्ने हाम्रो सुभेक्षा छ’ प्रवक्ता वाङले भने ।

    केही गैरजिम्मेवार मिडियाहरू र व्यक्तिगत समूहले ले चीनले पनि नेपालको सीमा मिचेको भन्ने आरोप लगाएर भ्रम छर्ने प्रयास गरेको भन्दै उनले नेपाल चीन सम्बन्धलाई कमजोर बनाउने कुनै पनि प्रयास सफल हुन नदिने चेतावनी समेत दिए ।

    हेर्नुस् चीनको आधिकारिक भनाइ

    प्रतिकृया दिनुहोस्

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    banijya bank kamalbinayak

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको...

    नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा प्यानलसहित दोहोरिए

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरमा भएको जिल्ला अधिवेशनबाट दुर्लभ थापाको नेतृत्वमा नयाँ कार्यसमिति...

    एमाले महाधिवेशनमा सहमति जुटेन, नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक

    सौराहा, १२ मंसिर । केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको...

    भक्तपुरबाट कांग्रेसको पहिलो मन्त्री दिलाउन सफल सभापति थापा पुन: दोहोरिने दावी,सोमबार चुनाव

    पार्टीको आन्तरिक प्रतिस्पर्धामा पोख्त नेपाली कांग्रेसको अधिवेशनले भक्तपुरमा चुनावी माहौल सृजना गरेको छ । नेपाली...

    भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

    भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न...