News Portal

  • नगर कुरा इतिहासका, इतिहास हामीले नै लेखेको हो

    अरुणा गड्तौला
    १७७३ पटक

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    नगर कुरा इतिहासका
    इतिहास हामीले नै लेखेको हो ।
    खोज तिमी हर एक पन्ना
    ती सबै शब्द हाम्रै रगतले कोरिएको हो ।

    तिमी भन्छौ जातिले के दियो ?
    पहिले आफूलाई सोधी हेर ।
    तिमीले जातिलाई के दिएका छौ
    जातिको लागि तिमी कहाँ लडेका छौ ?

    पुर्खादेखि लडिआएका छन
    प्रतिष्ठा भाषा संस्कृतिको लिनलाई ।
    अझैँ पनि लडी नै रहेका छन
    स्वदेशी नै हौँ भनि परिचय दिनलाई ।

    हामी वीरको सन्तान हौं
    कसैको अगाडि झुक्दैनौ ।
    गर तिमी जातिको आलोचना
    हामी तै पनि पछि हटदैनौ ।

    हामीलाई घृणाको नजरले हेर्ने
    हामीलाई विदेशी भन्नेहरु हो,
    एकदिन फेरी सुनौलो अक्षरले
    नयाँ इतिहास कोरिने छ ।

    जातिको लागि रगत बगाउने
    जातिको लागि ज्यान दिने मान्छे
    हाम्रो समाजमा कमी छैन
    केवल सहि समयको प्रतीक्षा हो ।

    पर्यो भने बरू ज्यान दिन्छन्
    तर कदापि पछि हट्दैनन्
    वीर पूर्खाको रगत छ नशामा
    कायर बनेर सहेर बस्दैनन् ।

    हाल : गुवाहिटी, भारत

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...