News Portal

  • पाकिस्तानमा हिमपात र वर्षाका कारण कम्तीमा ८० जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता२९ पुस
    १०५५ पटक
    २९ पुस

    पाकिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा ८० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। तीमध्ये ६० जनाभन्दा बढी पाकिस्तान प्रशासित कश्मीरमा मारिएका थिए। कश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएका छन्।

    अफगानिस्तानमा गत तीन दिनमा हिमपातका कारण २४ जनाको ज्यान गएको बताइएको छ। त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन पुगेका छन् र केही विवरणमा जनाइएअनुसार मृत्यु हुनेको सङ्ख्या अझै धेरै हुन सक्छ।

    पाकिस्तानको नीलम उपत्यका सबभन्दा धेरै प्रभावित भएको छ। त्यहाँ कैयौँ मानिस फसेका छन्। उक्त क्षेत्रमा प्राकृतिक विपद् आइपरिरहने भए पनि यसपटकको विपद् निकै समययताको घातक मानिएको छ।

    खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको छ भने भारत र अफगानिस्तानमा पनि प्रभाव परेको छ। पाकिस्तानको बलोचिस्तानमा २० जनाको ज्यान गएको बताइएको छ। छिमेकी अफगानिस्तानमा पनि बाक्लो हिमपातका कारण २४ जनाको ज्यान गएको पुष्टि भएको छ। तीमध्ये अधिकांश विगत तीन दिनमा मारिएका थिए।

    हिमपातपछि काबुललाई उत्तरी क्षेत्रसँग जोड्ने सालाङ पास बन्द गरिएको छ। भारत प्रशासित कश्मीरमा ८ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...