News Portal

  • रुसमा जन्मदर बढाउन परिवारहरूलाई सुविधा बढाउने नयाँ प्रस्ताव

    भक्तपुरपोष्ट संवाददाता१ माघ
    ११०४ पटक
    १ माघ

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा जन्मिने बच्चाहरूको सङ्ख्या बढाउँदै घट्दो जन्मदर बढाउनका लागि नयाँ कदमहरू चाल्ने घोषणा गरेका छन्। अहिले रुसमा प्रत्येक महिलाले दुई भन्दा कम बच्चा जन्माइरहेका छन्।

    उनले आउने चार वर्षमा त्यसलाई झन्डै दोब्बर बनाउने योजना सार्वजनिक गरेका छन्। रुसको भविष्य जनसङ्ख्याको आकारमा निर्भर हुने बताउँदै उनले नयाँ घोषणा गरेका हुन्।

    प्रतिज्ञा
    गत वर्ष पुटिनले ठूला परिवारलाई कर छुट दिने प्रतिज्ञा गरेका थिए। बुधवार उनले घट्दो जन्मदरप्रति चिन्ता व्यक्त गर्दै देशको जन्मदर अहिले फेरि घट्न थालेको बताए। त्यसपछि उनले अब बन्ने नयाँ आमाहरूलाई राज्य सुबिधा तथा सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

    रुसको जन्मदर निकै घट्ने प्रक्षेपण भइरहँदा पुटिनले जनसङख्या बढाउन परिवारहरूलाई प्रेरित गर्न कल्याणकारी सुविधाहरू दिने प्रस्ताव गरेका हुन्। संसदको दुवै सदनलाई दिइएको आफ्नो वार्षिक सम्बोधनमा उनले रुसको भाग्य देशमा कति मानिस छन् भन्ने कुरामा निर्भर रहने बताए।

    उनले परिवारको सङ्ख्या बढाउन चाहने युवा पुस्तालाई सरकारले सहयोग गर्ने बताए। अहिलेसम्म कम्तीमा दुई बालबालिका भएका आमाले मातृत्व सेवा सहुलियत पाउँदै आएका छन्। न्यून आय भएका परिवारका तीनदेखि सात वर्ष उमेरसम्मका केटाकेटीले पनि सरकारी सुविधा पाउँछन्।

    जन्मदर बढाउन सङ्‍घर्ष
    रुस र कैयौँ पूर्वी युरोपेली देशहरू अहिले घट्दो जन्मदर बढाउन सङ्‍घर्ष गरिरहेका छन्। गत महिना मात्रै हङ्गेरीका प्रधानमन्त्रीले दम्पतीहरूलाई निशुल्क उपचार सेवा दिने र तीन वा बढी बच्चाका आमालाई कर छुट दिन सकिने प्रस्ताव गरेका थिए। रुसमा चार बच्चाका आमालाई अहिले पनि केही कर छुट दिइन्छ।

    सन् १९९० को दशकदेखि रुस नाटकीय रूपमा घटेको जन्मदर बढाउने प्रयासमा छ। सन् १९९९ मा रुसको जन्मदर दोस्रो विश्व युद्धको भन्दा कममा झरेर १ दशमलव १६मा झरेको थियो।

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...