News Portal

  • अनुहार चिनिने प्रविधिलाई रोक लगाउने सोचमा युरोपेली सङ्घ

    भक्तपुरपोष्ट संवाददाता५ माघ २०७६
    ८३२ पटक
    ५ माघ २०७६

    सार्वजनिक स्थानमा ‘फेसियल रिकग्निसन’ भनिने अनुहार चिनिने प्रविधिलाई पाँच वर्षसम्म प्रतिबन्ध लगाउने सोचमा आफूहरू रहेको युरोपेली आयोगले जनाएको छ।  उक्त प्रविधिको दुरुपयोगलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयको निचोडमा आफूहरू पुग्नका लागि समयको आवश्यकता रहेको उनीहरूको भनाइ छ।

    सुरक्षासँग सम्बन्धित परियोजना तथा अनुसन्धान र विकासमा भने रोक नलगाइन सक्ने बताइएको छ। आयोगले १८ पृष्ठ लामो प्रतिवेदनमा उक्त योजनाबारे उल्लेख गरेको छ, जसमा गोपनीयता तथा डेटा सम्बन्धी विद्यमान कानुनी प्रावधानलाई थप बलियो बनाइने उल्लेख गरिएको छ।

    प्रतिवेदनले प्रविधि विकास गर्नेहरू र आर्टीफिशल इन्टेलिजेन्स (एआई) प्रयोगकर्तालाई दायित्व सृजना गर्ने र युरोपेली सङ्घ अन्तर्गतका राष्ट्रहरूलाई नयाँ नियमको अनुगमन गर्ने निकाय स्थापना गर्न आग्रह गर्ने प्रस्ताव गरेको छ।

    तीनदेखि पाँच वर्षसम्म कायम रहन सक्ने बताइएको उक्त प्रतिबन्ध लागु भएको समयमा, “यो प्रविधिको प्रभाव र सम्भावित जोखिमको व्यवस्थापन गर्ने उपायहरू पहिचान गर्नुका साथै विकास गर्न सकिने” त्यसमा उल्लेख छ।

    यूकेमा राजनीतिज्ञ र अभियानकर्ताहरूले प्रहरीलाई सार्वजनिक निगरानीका लागि लाइभ अर्थात् प्रत्यक्ष ‘फेसियल रिकग्निसन’ प्रयोग गर्न रोक लगाउन भन्दै आवाज उठाइरहेका बेला यस्तो प्रस्ताव आएको हो।

    यसैबीच चीन सरकारले भने साङ्घाइमा रहेका औषधि पसलहरूमा ‘फेसियल रिकग्निसन’ को प्रयोग गर्न सुरु गरेको छ। नियन्त्रण गरिएका औषधी खरिदकर्ताहरूले अनुहार ‘स्क्यान’ गराएर आफ्नो पहिचान प्रमाणित गर्नुपर्ने हुन्छ।

    प्रतिबन्ध लगाइएका औषधी बनाउनमा रोक लगाउनका लागि चिनियाँ सरकारले गरिरहेको यो पछिल्लो पहल हो। चीन यो प्रविधिको समर्थक हो। पश्चिमा मुलुकहरू यसको प्रयोगबारे सतर्क देखिँदा चीनले भने यो प्रविधिलाई प्रयोग गरिरहेको छ।

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...