News Portal

  • नेपालभाषा स्टार म्यूजिक भिडियाे अवार्डमा को को हुँदैछन् सम्मानित ?

    भक्तपुर, ७ माघ
    ३२३ पटक
    भक्तपुर, ७ माघ

    संसार क्रियसनकाे आयाेजनामा माघ १० गते शुक्रवार प्रज्ञा भवनमा नेपालभाषा स्टार म्यूजिक भिडियाे अवार्ड फाइनल ईभेन्टस हुने भएको छ । ईभेन्टसकाे बारेमा जानकारी गराउन शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तैयारी पुरा भएको आयोजकले बताएको छ ।

    आयोजक सस्थाका संयोजक स्वतन्त्र संसार महर्जनले ७ सदस्य निर्णायक मण्डल हुने गरि अनलाइन भोटिङ्ग र एसएमएस भोटिङ्गबात पनि मतलाइ लिएर सर्वाेत्कृष्ट छनौट गरिने जानकारी दिदै कलाकारलाइ प्रोत्साहन स्वरूप पब्लिक च्वाइस अवार्ड , पपुलर अवार्ड, जुरि अवार्डबात समेत सम्मान गरिने जानकारी दिए ।

    नेपालभाषामा निर्मित चलचित्र  क्षेत्रमा सर्वाधिक धेरै विधामा अवार्ड दिन लागिएको यो पहिलो इभेन्टमा २५ भन्दा बढी विधामा अवार्ड प्रदान गरिनका साथै संसार लाइफ टाइम एचिभमेन्ट अवार्ड जनसंगीत श्रष्टा अमरराज शर्मा राजाेपाध्यायलाइ प्रदान गरिने भएको छ ।

    संसार सप्तरंगी सम्मान कलाकार तथा निर्देशक पवन जोशी, बरिष्ठ संगीतकर्मी मनराजा नकर्मी , वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे, प्रथम नेपालभाषाा चलचित्रका नायक जय महर्जन, राजमति चलचित्रकि नायिका हिसिला महर्जन, वरिष्ठ गायक जुजुकाजी रंजित र मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठलाइ प्रदान गरिने भएको बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीकाे नयाँ खुलासा : भगवान राम भारतमा नभई नेपालमै जन्मिएका

    प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान कहलिएका राम भारतमा नभई नेपालमा जन्मिएका नयाँ खुलासा गरेका छन्...

    तराइ क्षेत्र डुबानमा पर्नुमा भारतको हात : गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापा बादलले प्रत्येक वर्षामा तराइ क्षेत्र डुबानमा पर्नुमा भारतको हात रहेको बताएका छन्...

    छोरीलाई एक नम्बरमा उर्तीण गराउन खोज्ने अधिकृतमाथि कारबाही हुने

    छोरीलाई परीक्षामा एक नम्बरमा उर्तीण गराउन खोज्ने लोक सेवा आयोगको अधिकृतमाथि कारबाही हुने भएको छ...

    अभियुक्तलाई छुटाइदिने भन्दै पैसा बार्गेनिङ्ग गर्ने पत्रकार पक्राउ

    प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै पैसा बार्गेनिङ्ग गर्ने पत्रकार पक्राउ परेका छन् । बाराका...

    यातायात कार्यालयका कारण नपलीका स्थानीय आन्दोलित

    भक्तपुर नगरपालिका वडा नम्बर १ नपलीका स्थानीय आन्दोलित भएका छन् । यहाँस्थित यातायात व्यवस्था सेवा...