News Portal

  • जिल्ला खेलकुद बिकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवा नियुक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ माघ
    २८५५ पटक
    भक्तपुर, ८ माघ

    बाग्मती प्रदेश खेलकुद बिकास परिषद्ले आफ्ना १३ वटै जिल्लाका जिल्ला खेलकुद बिकास समितिमा नेतृत्व चयन गरेको छ । परिषद्को निर्णय अनुसार जिल्ला खेलकुद बिकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवा नियुक्त भएका छन् ।

    मंगलवार बसेको परिषद् बैठकले भक्तपुर अध्यक्षमा श्रीभक्त काशीछवालाई नियुक्त गरेको सदस्य सचिव सूर्य भण्डारीले पुष्टि गरे । खेलाडी पृष्ठभूमीका काशीछवा सफल युवा व्यवसायी समेत हुन् । सूर्यविनायकस्थित योयो बैंक्वेट लगायतका उनी संचालक रहेका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग आवद्ध छन् ।

    सदस्य सचिव सूर्य भण्डारीले जनाए अनुसार काठमाडौमा अरुण बस्नेत र ललितपुरमा भरत प्रसाद पराजुली अध्यक्ष नियुक्त भएका छन् भने काभ्रेमा मानबिर लामा र चितवनबाट प्रह्लाद प्रधान परेका छन् । त्यसैगरी सिन्धुलीमा खडग रजन मगर, मकवानपुरमा सानु लामा,धादिङमा प्रताप सिङ तामाङ , रसुवामा दावा तामाङ , नुवाकोटमा बुद्धिमान तामाङ, रामेछापमा राजेश श्रेष्ठ , दोलखामा रोहित खड्का र सिन्धुपाल्चोकमा शिव देउजा अध्यक्ष नियुक्त भएका छन् । परिषद बैठकले समितिमा सदस्यहरु समेत नियुक्त गरेको भण्डारीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...