News Portal

  • बालकोट घर भइ अमेरिका बस्ने प्रा.डा. दाहालको अनुभवको अनुभूतिहरु सार्वजनिक

    भक्तपुरपोष्ट संवाददाता२६ माघ
    २१५० पटक
    २६ माघ

    काठमाडौँ । भक्तपुरको बालकोट घर भइ अमेरिकामा बस्दै आएका साहित्यकार प्रा.डा. दुर्गा दाहालको कवितासङ्ग्रह अनुभवका अनुभूतिहरू र गीति श्रव्य चक्का माया सार्वजनिक भएको छ । काठमाडौँको अनामनगरस्थित एक समारोहकाबीच दाहालका दुई कृति सार्वजनिक गरिएको हो ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समिति र समाजकै नेपाल च्याप्टरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस रहेका थिए । प्रमुख अतिथि लगायत मञ्चमा आसीन विभिन्न व्यक्तिहरूले पुस्तकको लोकार्पण गरेका थिए ।

    कवितासङ्ग्रहमा ६० वटा कविता छन् । माया गीतिचक्काका सङ्गीतकार सरोज प्याकुरेल हुन् भने गीतहरू आनन्द कार्कीले गाउनुभएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसले कवि दाहालको नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको पे्रमलाई आपूmले अमेरिका भ्रमणका क्रममा नजिकबाट नियाल्न पाएको बताए । उनले सङ्ग्रहका कविताहरू आकारले छोटा भए पनि त्यसमा लेखकका अनुभूतिहरू राम्ररी प्रकट भएको धारणा राखे ।

    सभापतिको आसनबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष राधेश्याम लेकालीले कवि दाहाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अभिभावक भएको बताउँदै नेपाली भाषासाहित्यप्रतिको उनको लगाव अत्यन्त महत्वपूर्ण भएको चर्चा गरे । उनले अनेसासका गतिविधि र भावी कार्यक्रम एवम् कार्यदिशाबारे पनि स्पष्ट पारेका थिए ।

    कार्यक्रममा समालोचक डा. लक्ष्मणप्रसाद गौतम र कवयित्री गीता कार्कीले लोकार्पित कवितसङ्ग्रहको समीक्षा प्रस्तुत गरेका थिए । समालोचक डा. गौतमले कवि दाहालका कविता पूर्वीय दर्शनबाट प्रभावित भएको विचार राखे भने कवयित्री कार्कीले कविताका माध्यमबाट कवि दाहालले विभिन्न विषयमा आप्mना धारणाहरू राखेको बताइन् ।

    कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले कवि दाहालको परिचय दिएका थिए भने राजनीतिक विश्लेषक शोभाकर पराजुली, अनेसास नेपालका अध्यक्ष सन्ध्या पहाडी, वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत, महासचिव ऋषवदेव घिमिरे, चित्रकार रमेश पौडेललगायतले पनि आआफ्ना मन्तव्य राखेका थिए भने अनेसास नेपालका उपाध्यक्ष डा. रेणु थापा सोलु, रमेश दाहाल लगायतले विमोचित कृतिबाट कविता वाचन गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...