News Portal

  • अमेरिकी राज्य यूटाको सिनेट बहुविवाहलाई अपराध नमान्ने पक्षमा

    भक्तपुरपोष्ट संवाददाता८ फागुन २०७६
    ८१७ पटक
    ८ फागुन २०७६

    एजेन्सी । संयुक्त राज्य अमेरिकाको यूटा राज्यको सिनेटले वयस्कहरूको आपसी सहमतिमा गरिने बहुविवाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ।विद्यमान कानुनअनुसार एक जनाभन्दा धेरैसँग विवाह गरेको पाइएमा पाँच वर्षसम्म जेल सजाय हुन्छ।

    उक्त नयाँ कानुनका पक्षधरहरूले यसले बहुविवाह अभ्यास गर्ने समुदायहरूसँग सम्बन्धित गोप्यता हटाइदिने र कोही पीडित भए त्यसको उजुरी गर्न सहयोग पुग्ने बताउने गरेका छन्।तर आलोचकहरूले चाहिँ यसले पीडकहरूलाई झन् बल पुग्ने भनेका छन्।

    सिनेटले पारित गरेको उक्त विधेयकलाई अब उक्त राज्यको तल्लो सदन प्रतिनिधिसभाले पनि पारित गर्नुपर्छ।प्रस्तावित कानुनअनुसार एक जनाभन्दा बढी पति वा पत्नी भएको खण्डमा त्यसलाई सडकनियम उल्लङ्घन गरे सरह न्यून स्तरको अपराध मानिनेछ।

    तर बलपूर्वक गरिएका बहुविवाहलाई भने अपराध मानिनेछ।समाचारसंस्था एपीका अनुसार यूटा राज्यमा झन्डै ३०,००० मानिसहरू बहुविवाह मान्ने समुदायका छन्।

    मोर्मोन चर्च भनिने चर्च अफ जीजस क्राइस्ट अफ ल्याटर डे सेन्ट्स पनि यूटामै अवस्थित छ।उक्त चर्चले विगतमा बहुविवाहलाई मान्यता दिने गर्थ्यो, तर सन् १८९० मा आएर उसले त्यसलाई प्रतिबन्धित गर्‍यो।

    अचेल बहुविवाह गरेकालाई उसले आफ्नो समुदायबाट बहिष्कार गर्छ। तर अझै पनि कट्टर मोर्मोन समुदायले उक्त अभ्यास जारी राखेको छ।यूटाको संविधानले बहुविवाहलाई अवैध मानेको भए पनि अधिकारीहरूले त्यस्तो अभ्यास गर्ने मानिसविरुद्ध कानुनी कारबाही गर्दैनन्।

    सन् २००१ मा टम ग्रीन नामक व्यक्ति ५० वर्षयता बहुविवाहका कारण दोषी ठहर भएका पहिलो पुरुष थिए। उनका पाँच पत्नी थिए।उनकी एक पत्नी १३ वर्षकै उमेरमा गर्भवती भएको पाइएपछि उनलाई बालिका बलात्कारको मुद्दामा पनि सजाय दिइएको थियो।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...