News Portal

  • माइक्रोसफ्टबाट विश्वकै धनी बिल गेट्स बिदा : सामाजिक सेवामा सक्रिय रहने भनाइ

    भक्तपुरपोष्ट संवाददाता१ चैत २०७६
    ११६६ पटक
    १ चैत २०७६

    एजेन्सी । बिल गेट्स र माइक्रोसफ्ट एकअर्काका पर्याय थिए । तर, अब त्यो नरहने भएको छ । बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ ।

    माइक्रोसफ्टका अनुसार बिल गेट्स विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहन्छन् । अब बिल गेट्स प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहनेछन् ।

    विश्वको धनाड्य व्यक्ति बिल गेट्स माइक्रोसफ्ट कम्पनीको सहसंस्थापक हुन् । उनले सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका थिए । सन् २००० सम्म बिल गेट्सले माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० भएर काम गरेका थिए ।

    उनको राजीनामापछि कम्पनीको बोर्डमा अब १२ सदस्य बाँकी भएका छन् । माइक्रोसफ्टको हालका सीईओ सत्या नडेलाले बिल गेट्ससँग काम गर्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताएका छन् ।

    नडेलाले भनेका छन्, ‘बोर्डलाई गेट्सको मार्ददर्शन प्राप्त भयो । गेट्सको सल्लाहको फाइदा कम्पनीले आगामी दिनमा पनि पाइरहने छ ।’

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...