News Portal

  • अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै फेसबुकले डोनल्ड ट्रम्पको विज्ञापन हटाइदियो

    भक्तपुरपोस्ट संवाददाता५ असार २०७७
    १७२० पटक
    ५ असार २०७७

    अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनलाई हटाइदिएको छ। फेसबुकका अनुसार उक्त विज्ञापनमा उल्टो रातो त्रिकोण प्रयोग गरिएको छ जुन जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे।

    ट्रम्पको चुनावी अभियानको व्यवस्थापन गरिरहेको समूहले भने उक्त विज्ञापन उग्रवामपन्थी समूह एन्टिफातर्फ लक्षित गरिएको बताएको छ।उक्त समूहले त्यो चिन्ह प्रयोग गर्ने गरेको उनीहरूले दाबी गरेका छन्।


    फेसबुकले भने त्यो विज्ञापनले आफ्नो नीतिको उल्लङ्घन गरेको बताएको छ। उक्त विज्ञापन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका नाममा खोलिएका फेसबुक पेजहरूमा प्रकाशन गरिएको थियो। करिब २४ घण्टासम्म रहेका ती विज्ञापन फेसबुकले हटाउनु पहिले लाखौँले हेरेका थिए।

    “फेसबुकले अझै पनि इमोजीका रूपमा उल्टो रातो त्रिकोण प्रयोगमा राखेको छ। त्यो हामीले प्रयोग गरेको चिन्ह जस्तै छ,” ट्रम्पको चुनावी अभियानका प्रवक्ताले भने। एक अमेरिकी नागरिक जोर्ज फ्लोइडको मृत्यु पछि भएका देशव्यापी प्रदर्शनहरू एन्टिफाले सुरु गरेको हालसालै मात्रै ट्रम्पले आरोप लगाएका थिए।

    उनले त्यो समूहलाई “आन्तरिक आतङ्कवादी सङ्गठन” समेत भनेका छन्। तर कानुनका ज्ञाताहरूले भने त्यस्तो भन्ने उनलाई चुनौती दिएका छन्। एन्टिफाले जातीय विभेद लगायतका विषयमा आवाज उठाउँदै आएको छ। उक्त समूहको निश्चित नेता नरहेको बताइएको छ।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...