News Portal

  • बहुमूल्य पत्थर फेला पारेपछि तान्जानियाका एक व्यक्ति रातारात करोडपति

    भक्तपुरपोस्ट संवाददाता१२ असार २०७७
    १५२१ पटक
    १२ असार २०७७

     

    अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन्। कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन्।

    “भोलि ठूलो भोज हुन्छ,” लाइजरले बीबीसीलाई भने। तान्जानाइट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ।

    दुर्लभ

    यो पृथ्वीमा पाइने दुर्लभ रत्नहरूमध्ये एक हो। एक स्थानीय भूवैज्ञानिकले यसको आपूर्ति आगामी २० वर्षभित्र समाप्त हुने अनुमान गरेका छन्।यो पत्थरलाई हरियो, रातो, बैजनी र नीलो रङ्गको विविधताका कारण विशेष मानिन्छ।

    यसको मूल्य रङ्गको दुर्लभताको आधारमा निर्धारण गरिन्छ। तर जति राम्रो रङ्ग र सफा छ, मूल्य त्यति नै बढी हुन्छ। लाइजरले गत साता ९.२ र ५.८ किलोग्राम वजनका दुई पत्थर खानीमा फेला पारेका थिए तर उनले बुधवार लाग्ने बजारमा त्यो बेचेका थिए।

    यसअघिसम्म सबैभन्दा ठूलो तान्जानाइटको तौल ३.३ किलोग्राम थियो। राष्ट्रपति जोन मागुफुलीले फोन गरेर लाइजरलाई बधाई दिए।

    “यो सानो स्तरमा खानी खोज्नेहरूको फाइदा हो र यसले तान्जानिया कति धनी छ भन्ने प्रमाणित गर्छ,” राष्ट्रपतिले भने। सन् २०१५ मा मागुफुली खानीमा राज्यको हितको रक्षा गर्ने र यसबाट देशको आम्दानी बढाउने नाराका साथ विजयी भएका थिए।

    को हुन् लाइजर

    करोडपति बनेका ५२ वर्षीय लाइजर खानीमा रत्न र बहुमूल्य पत्थर खोज्ने काम गर्छन्। उनका चारवटी श्रीमती र ३० सन्तान छन् । उनले आफ्नो समुदायका लागि पनि लगानी गर्ने बताएका छन्।

    “म एउटा किनमेल केन्द्र र एउटा विद्यालय निर्माण गर्न चाहन्छु। म आफ्नो घरनजिकै विद्यालय बनाउन चाहन्छु। यहाँ आफ्ना छोराछोरी विद्यालय पठाउन खर्च गर्न नसक्ने धेरै गरिब मानिसहरू छन्।”

    “म शिक्षित छैन तर मलाई व्यावसायिक रूपमा काम गरेको मन पर्छ। त्यसैले म मेरा बालबच्चाले व्यवसाय गरून् भन्ने चाहन्छु।”

    उनले नयाँ धनले आफ्नो जीवन परिवर्तन नहुने बताए र आफ्ना २,००० गाईको हेरचाह गरिरहने बताए। र नयाँ धन प्राप्त गरेका कारण थप सर्तकता पनि अपनाउन नपर्ने बताए।  “यहाँ यथेष्ट सुरक्षा छ। कुनै समस्या हुँदैन। म राति पनि विनासमस्या हिँड्न सक्छु।”

    खानीको सुरक्षा

    लाइजरजस्ता केही व्यक्तिहरू तान्जानाइट खोज्न सरकारको अनुमति लिन्छन् तर धेरैले गैरकानुनी रूपमा ठूला कम्पनीका खानीवरपर उक्त पत्थर खोजी गरिरहेको बताइन्छ।

    सन् २०१७ मा राष्ट्रपति मागुफुलीले २४ किलोमिटर लामो पर्खाल लगाएर तान्जानाइट पाइने संसारको एकमात्र स्थान मेरेलानी घेर्न सेनालाई आदेश दिएका थिए। त्यसको एक वर्षपछि सरकारले खानीबाट हुने आम्दानीमा वृद्धि भएको थियो जसको कारण त्यही पर्खालको निर्माण मानिन्छ।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...