News Portal

  • प्रधानमन्त्री ओलीकाे नयाँ खुलासा : भगवान राम भारतमा नभई नेपालमै जन्मिएका

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ असार
    ४३५ पटक
    भक्तपुर, २९ असार

    प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान कहलिएका राम भारतमा नभई नेपालमा जन्मिएका नयाँ खुलासा गरेका छन् । भारतले नेपाली संस्कृतिमाथि थिचोमिचो गरेर नक्कली अयोध्या खडा गरेको उनको दावी छ ।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीको अवसर पारेर आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् । “हामीले सीतालाई अयोध्याका राजकुमारलाई दिएका हौं, जुन वीरगञ्जभन्दा अलि पश्चिमपट्टि अवस्थित थियो” प्रधानमन्त्री ओलीले भने ।

    राजा दशरथले सन्तान नभएपछि पुत्रेष्टी यज्ञकालागि रिडीबाट पण्डित ल्याएको तथ्यले पनि अयोध्या नेपालमै भएको पुष्टि हुने उनको तर्क छ । ”रिडी यहि छ, बाल्मिकी आश्रम यहि छ अनि अयोध्या भारतमा कसरी हुन्छ ?’ उनले भने ।

    अहिलेको अयोध्या निकै टाढा रहेको र त्यो समयमा जनकपुरसम्म आएर विवाह गर्नु सम्भव नरहेको भन्दै उनले अयोध्या भारतको नभएको र राम पनि भारतीय नरहेको जिकिर गरे । भौतिक पूर्वाधार र सञ्चारको सुविधा नभएको त्यो युगमा भारतको अयोध्याबाट विवाह गर्न राम जनकपुर आएको अपत्यारिलो तथ्य भएको भन्दै प्रधानमन्त्री ओलीले भारतले नेपाली संस्कृतिमाथि थिचोमिचो गरी नक्कली अयोध्या खडा गरेको र रामलाई आफ्नो भनेको अभिव्यक्ति दिए ।

    हिमवत्खण्ड नै ज्ञानको स्रोत रहेको भन्दै प्रधानमन्त्री ओलीले जनकपुर ज्ञान केन्द्र रहेको, नारायणीको सुरम्य किनारमा बाल्मीकिको आश्रम भएको, कोशी तटमा कौशिकी ऋषि रहेका, आयुर्वेदका प्रणेता धन्वन्तरी र चरक यहींका भएका भन्ने तथ्यले नेपाल ज्ञानभूमि, तपोभूमि भएको भन्ने बुझिने बताए ।हिमवत्खण्डमै रामको जन्म भएको र भारतमा अयोध्याबारे धेरै बिबाद रहेको कारण पनि भगवान राम नेपाली भएको उनको तर्क छ ।

    प्रतिकृया दिनुहोस्

    गएराती भएको सडक दुर्घटनामा राधेराधेका एक युवकको निधन

    गएराती मध्यपुर थिमि- ४ एस.एस. चोक नजिक दुर्घटनाग्रस्त स्कुटी चालकको ज्यान गएको छ । भक्तपुरबाट...

    वर्षौदेखि अध्यारोमा बस्न बाध्य नगरकाेटबासीका समस्या समाधान हुँदै

    बत्ती मुनी अध्यारो भने झैँ वर्षौदेखि बिजुली भएर पनि अध्यारोको समस्या भोगिरहेका नगरकोटका करिब ६...

    कम्युनिस्ट सरकार ५ वर्ष चल्छ, रोग र भोकले कोही मर्दैनः मुख्यमन्त्री भट्ट

    डोटी, १५ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन...

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

    काठमाडौं, १५ संवाददाता । पछिलल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) को कारण थप २९...

    आधा घण्टामै नतिजा आउने ‘एन्टिजेन विधि’बाट नेपालमा कोरोना परीक्षण सुरू

    काठमाडौं, १५ मंसिर । सरकारले कोरोना परीक्षण गरेको आधा घण्टामा नै रिपोर्ट आउने एन्टिजेन विधिबाट...