News Portal

  • सिन्धुपाल्चोकमा पहिरो : ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ साउन
    १३२१ पटक
    भक्तपुर, १९ साउन

    गएराति करिब २ बजे सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो गएको छ । पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् भने एकजनालाई प्रहरीले उद्धार गर्न सफल भएकाे छ ।

    मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना मजदुर पहिरोमा पुरिएका र  उनीहरुलाई अझै निकाल्न नसकिएकाे बताए।  नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । वेपत्ता भएकाहरु कभर्ड हल निर्माणमा खटिएका कामदारहरु रहेको बुझिएको छ ।निर्माणाधीन कवर्डहल नजिकै जस्ताको टहरामा दुईजना भारतीय र ७ जना वीरगञ्जका बासिन्दा रहेको खुलेको डिएसपी माधवप्रसाद काफ्लेले बताए । घाइते अवस्थामा उद्धार गरिएका व्यक्ति ३५ वर्षका भारतीय नागरिक बारु साह हुन् र उनको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको प्रहरीकाे भनाइ छ । अरु ८ जनाको उद्धारको काम भइरहेको तर पानी परिरहेकाले समस्या भएको बताइएकाे छ ।

    गत असार २४ गते राति सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...