News Portal

  • संक्रमितको संख्या बढेपछि भक्तपुरको सिद्धि स्मृति अस्पताल केही दिनको लागि बन्द

    भक्तपुरपोष्ट संवाददाता
    १९६३ पटक

    भक्तपुर, ३० भदौ । भक्तपुरको सिद्धि स्मृति अस्पतालका स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यस कारण अस्पताल आइतबारदेखि बन्द गरिएको छ ।

    अस्पतालका निर्देशक श्यामसुन्दर धौभडेलले बिहीबार ३९ जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएकोमा २१ जनाको पोजेटिभ परिणाम देखिएको जानकारी दिए ।

    ती सङ्क्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा पठाइसकेपछि अस्पताल निष्सङ्क्रमण गरी चरणबद्ध अस्पताल सञ्चालन गरिने पनि उनले जानकारी दिए ।

    भक्तपुरमा बालबालिकाको लागि आकस्मिक सेवा भएको अस्पताल अरु नभएकोले सकेसम्म चाँडो चरणबद्ध रुपमा अस्पताल सञ्चालन गरिने छ । सङ्क्रमित स्वास्थ्यकर्मीहरूमध्ये सुरुका दुई जना भक्तपुर खरिपाटीस्थित आइसोलेसन सेन्टरमा पठाइएको र अरु १८ जना जनालाई सोमबार पठाउने तयारी भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...