News Portal

  • कोरोना भाइरसबाट विश्वमा १० लाख भन्दा बढीको मृत्यु, तीन करोड ३३ लाख भन्दा बढी सङ्क्रमित

    ६३७ पटक

    पेरिस, १२ असोज । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ ।

    जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेका छ ।

    कूल सङ्क्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने करिब ७६ लाख ७० हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

    पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७३ लाख २१ हजार नाघिसकेको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

    विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६० लाख ७४ हजार ७०२ सङ्क्रमित भएका छन् भने यहाँ ९५ हजार ५७४ ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा करिब ४७ लाख ३२ भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४१ हजार ७७६ भन्दा बढीको मृत्यु भएको छ ।

    खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार ३०० भन्दा बढीको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

    युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । एएफपी

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...