News Portal

  • रियलको अपराजित यात्रा जारी

    ९९५ पटक

    एजेन्सी । भिनिसियस जुनियरको एक मात्र गोलको मद्दतले रियल भालाडोलिडलाई हराउँदै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले ला लिगाको नयाँ सिजनमा अपराजित यात्रालाई कायम राखेको छ ।

    घरेलु मैदान बाहिर खेलिएका दुई खेलबाट ४ अंक बटुलेको रियललाई आफ्नो घरेलु मैदानमा खेलिएको सिजनको पहिलो खेलमा लय पक्रन केही समय लागेको थियो ।

    भालाडोलिडको गोलकिपर रोबर्टोले फेडेरिको भालभर्डे र लुका योभिचको प्रहारलाई बचाउँदै पाहुना टोलीलाई खेलमा जीवित राखेका थिए । तर, दोस्रो हाफको मध्यतिर भिनिसयसले निर्णायक गोल गर्दै रियललाई ३ अंक दिलाए ।

    योसँगै रियल गेटाफे, भिल्लेरियाल र भ्यालेन्सियासँगै ७ अंक बटुल्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

    अन्य खेलमा एथ्लेटिको म्याड्रिड हुएस्कासँग गोलरहित बराबरीमा रोकिएको छ भने भिल्लेरियालले आलाभेसलाई ३–१ गोलअन्तरले हरायो । इल्चेले इबारलाई १–० गोलले पराजित ग¥यो ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...