News Portal

  • अभिषेक बच्चनलाई ट्रोलरले भने, ‘सिनेमाघर खुल्दा पनि हुनेछौ बेरोजगार’, दिए यस्तो जवाफ

    ८८१ पटक

    एजेन्सी । ट्रोलरसँग कस्तो व्यवहार गर्ने ? दिमाग नतताई उनीहरुको बोली कसरी बन्द गर्ने ? यो अभिषेक बच्चनबाट सिक्नुपर्छ । अभिषेक बच्चन सोसल मिडियामा सधैं ट्रोल्सको निशानामा आउँछन् । विशेषगरी आफ्नो करियरको विषयमा तर अभिषेक आफ्नो नियन्त्रण नगुमाई ट्रोलर्सको मुख थुनिदिने काम गर्छन् ।

    बुधबार भारतमा अनलक ५ अनुरुप केन्द्र सरकारले १५ अक्टोबरदेखि सिनेमाघरलाई सशर्त खोल्ने अनुमति दिएको छ । यो खबरमा प्रतिक्रिया दिँदै अभिषेकले ट्वीट गरे, ‘यो हप्ताको सबैभन्दा राम्रो खबर ।’

    केटनिप नामका प्रयोगकर्ताले अभिषेकको मजाक उडाउने उद्देश्यसहित सोधे, ‘तर तपाईं त त्यसपछि पनि बेरोजगार नै हुनुहुनेछ ।’

    यसको जवाफमा बच्चनले लेखे, ‘यो अफसोसको कुरा हो, तपाईं अर्थात् दर्शककको हातमा छ । यदि तपाईंहरुलाई हाम्रो काम मन पर्दैन भने हामीले अर्को फिल्म पाउँदैनौं । त्यसैले हामी पूरा ज्यान नै लगाएर आफ्नो काम गर्छौं र राम्रो परिणामको आशा गर्छौं ।’

    त्यसपछि अर्का एक प्रयोगकर्ताले सोधे, ‘द्रोणापछि तपाईंले कसरी फिल्म पाइरहनुभएको छ ?’ अभिषेकले यसको पनि जवाफमा लेखेका छन्, ‘मैले पाइनँ । मलाई केही फिल्मबाट निकालियो र फिल्ममा आउन निकै मुश्किल भएको थियो । तर हामी आशासहित बाँच्छौं, कोसिस गरिरहन्छौं र आफ्नो लक्ष्यतर्फ अघि बढिरहन्छौं । तपाईं दैनिक बिहान उठ्नुहुन्छ र घामको मुनि आफ्नो स्थान बनाउन संघर्ष गर्नुहुन्छ । जीवनमा केही पनि कुरा सजिलै पाइँदैन । जबसम्म जीवन छ, संघर्ष चलिरहन्छ ।’

    अभिषेकले दिएको यो जवाफको निकै तारिफ भइरहेको छ । दिव्या दत्ताले लेखिन्, ‘सम्मान । यसमा ठूलो गरिमा छ । लभ यू माई फ्रेन्ड । र तपाईंको अर्को प्रोजेक्टको प्रतिक्षा छ ।’

    स्मरण रहोुस्, अभिषेक हालै अमेजन प्राइम भिडियोको वेब सिरिज ब्रीद टुमा देखिएका थिए । अब उनको फिल्म द बिग बुल डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछ । यसबाहेक सुजोय घोषको बब बिस्वासमा अभिषेक मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म विद्या बालन स्टारर कहानीको किलर बब बिस्वासमा आधारि छ जसलाई शाश्वत चटर्जीले निभाएका थिए । बब बिस्वासको निर्देशन सुजोयकी छोरी दिया अन्नपूर्ण घोषले निभाइरहेकी छिन् ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...