News Portal

  • महामारीमा बच्चा जन्मिए सिंगापुरले आफ्ना नागरिकलाई पैसा दिने

    ७२८ पटक

    एजेन्सी । कोरोनाभाइरसको महामारीमा बच्चा जन्माउन लागेका आफ्ना नागरिकलाई सिंगापुरले प्रोत्साहन भत्ता स्वरुप रकम उपलब्ध गराउने भएको छ ।

    सिंगापुरका उप प्रधानमन्त्रीले उक्त प्रोत्साहन भत्ताले महामारीका बेला आर्थिक समस्या झेलिरहेका र जागिरको चिन्तामा भएका आफ्ना नागरिकको समस्या थोरै भएपनि समाधान गरिदिने आशा राखेका छन् ।

    ‘कोभिड–१९ का कारण सन्तानको चाहमा भएका भावी अभिभावकले आफ्नो योजना स्थागित गरेको भन्ने प्रतिक्रिया पाइरहेका छौं,’ सोमबार हेङ्ग स्वी किटले भने ।

    ‘यो कुरा हामीले राम्रोसँग बुझेका छौ, विशेषगरी जब तपाईंको आय स्रोतको कुनै भर छैन भने,’ उनले भने ।

    हेङ्गले अभिभावकलाई आर्थिक सहायता प्रदान गर्ने जानकारी दिएपनि कति दिने भन्ने बारे अहिले नै निर्णय नभइसकेको बताए । सीएनएन

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...