News Portal

  • चर्चित गितारवादक एडी भान ह्यालेनको ६५ वर्षमा निधन

    ९४२ पटक

    एजेन्सी । चर्चित रक गु्रप भान हलेनका विख्यात लिड गितारिस्ट एडी भान ह्यालेनको निधन भएको छ । उनका छोराले सोसल मिडिया पोस्टमार्फत् यसबारे जानकारी दिएका हुन् । उनी ६५ वर्षका थिए ।

    ‘उहाँ संसारकै उत्कृष्ट बुवा हुनुहुन्थ्यो,’ उनका छोराले वुल्फ भान हलेनले ट्वीटरमा लेखे । ‘उहाँसँग स्टेज भित्र र बाहिर जति पनि समय बिताएँ, ती मेरा लागि उपहार थिए ।’

    एडी र भ्यालेरी बेर्टिनेलीका छोरा वुल्स भान ह्यालेनले उनको बुवाको क्यान्सरसँगको लामो संघर्ष पछि मंगलबार बिहान निधन भएको बताए । भान ह्यालेनले सन् २००९ मा नायिका जेनी लिस्जेवेस्कीसँग विवाह गरे ।

    ‘म पूर्ण रुपमा विक्षिप्त छु र मेरा लागि यो अपूरणीय क्षती हो,’ उनले भने ।

    ह्यालेनकी जेठी श्रीमती बेर्टिनेलीले ४० वर्ष अघि गितारिस्टलाई भेट्दा उनको जीवन फेरिएको बताएकी छिन् ।

    ‘तिमीले मेरो जीवनमा वास्तविक प्रकाश ल्याइदियौं, हाम्रो छोरा, वुल्फग्याङ्ग,’ नायिकाले लेखिन् । ‘फोक्सोको क्यान्सरका लागि गर्नुपर्ने ती तमाम चुनौतीपूर्ण उपचारपश्चात् पनि तिमीले आफ्नो इच्छाशक्ति खुम्चिन दिइनौ, त्यो मुस्कानलाई कहिल्यै आफूबाट ओझेल हुन दिइनौ ।’

    ‘तिम्रो जीवनको अन्तिम समयमा वुल्फी र मैले तिमीसँग समय बिताउन पायौं, त्यसमा म धन्य छु । म तिमीलाई जीवनको अर्काे चरणमा भेट्नेछु, मेरो प्यारा ।’

    एड्वार्ड लोडेविज्क भान ह्यालेन पूरा नाम भएका एडी भान ह्यालेन र उनका भाइ एलेक्स भान ह्यालेनले किशोरावस्थादेखि नै सँगै आफ्नो प्रस्तुती दिन थालेका थिए । यी दुईले डेविड ली रोथलाई भेटेपछि भान ह्यालेन नामको समूह बनाए ।

    चार दशकको यात्रामा भान ह्यालेनले दर्जन बढी एल्बम निकाले ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...