News Portal

  • कसरी बनिन् यी १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री ?

    ९७१ पटक

    बीबीसी । बुधबार फिनल्यान्डमा १६ वर्षीया एक किशोरीलाई एक दिनका लागि देशकै प्रमुख पद अर्थात प्रधानमन्त्रीको कार्यभार सम्हाल्न दिइएको छ । लैङ्गिक समानताको प्रचार गर्ने संयुक्त राष्ट्र संघको अभियान अन्तर्गत फिनल्यान्डकी प्रधानमन्त्री सना मरिनले यस्तो गरेकी हुन् ।

    लैङ्गिक समानताको सूचीमा फिनल्यान्ड सधैँ अगाडि नै आउने गरे पनि प्रधानमन्त्री मरिनले लिङ्ग विभेदविरुद्धको लडाईँलाई अर्काे स्तरमा पु¥याउँदै एक दिनका लागि १६ वर्षीया आभा मुर्ताेलाई आफ्नो पद हस्तान्तरण गरेकी हुन् ।

    तर उनले आफ्नो एक दिनको कार्यभारमा कुनै नयाँ नियम बनाउने छैनन् र केबल प्राविधिक क्षेत्रमा महिला अधिकार सम्बन्धी छलफल गर्न दिनैभरि वरिष्ठ राजनीतिज्ञहरुसँग बैठक बस्नेछिन् ।

    संयुक्त राष्ट्रले प्रत्येक वर्ष ११ अक्टोबरका दिन ‘डे अफ द गर्ल’ आयोजना गर्दै आएको छ । र फिनल्यान्डले चिल्डरेन्स राइट्स च्यारिटी प्लान इन्टरनेस्नलको ग्लोबल ‘गल्र्स टेकओभर’ अन्तर्गत यो वर्ष चौथोपटक यस कार्यक्रममा सहभागीता जनाएको छ । इन्टरनेस्नल डे अफ गर्लका दिन विश्वव्यापी रुपमा गल्र्स टेकओभर अभियान सञ्चालन गरिन्छ जसको उद्देश्य कट्टरपन्थी सामाजिक र राजनीतिक परिवर्तनका लागि महिलाहरुलाई पछि पार्ने भेदभावपूर्ण मनस्थितिविरुद्ध कदम उठाउन पहल गर्नु हो ।

    यो अभियान अन्र्तगत एल स्याल्भडोर, गुवाटेमाला, नेदरल्यान्ड र फिलिपिन्समा पनि किशोरीहरुलाई माइक्रोसफ्ट, सामसुङ, फेसबुक, ट्वीटर जस्तो प्राविधिक कम्पनीमा एक दिनका लागि शिर्ष पद ग्रहण गराइनेछ । तर राष्ट्रप्रमुख जस्तो देशकै उच्च पद प्राप्त गर्ने आभा एक मात्र किशोरी हुन् । यसरी एक दिनका लागि राष्ट्रप्रमुखको कार्यभार सम्हालेकी आभाले संचारकर्मीहरुसँग आफूले अत्यन्तै उत्साहजनक दिन बिताएको बताएकी हुन् ।

    यो दुर्लभ अनुभवबाट आफूले धेरै नयाँ कुराहरु सिकेको पनि उनी बताउँछिन् । वातावरण र मानव अधिकार सम्बन्धी सक्रिय रुपमा विभिन्न अभियान चलाउँदै आएकी आभाले सबै क्षेत्रका मन्त्री अनि सांसदका सदस्यसँग पनि छलफल गरेकी हुन् । उनी भन्छिन्, “मेरो विचारमा हामी जस्ता युवाहरुले ठुला मान्छेलाई कसरी इनोभेटिभ हुने र भविष्यका बारेमा बढी सोच्ने भनेर सिकाउन सक्छौँ । ”

    लिङ्ग भेद सम्बन्धी विषयमा फिनल्यान्ड विश्वकै सबैभन्दा समान मुलुक मानिए पनि त्यहाँ अझै प्रविधिसँग सम्बन्धित विषयमा महिलाहरुको सहभागीता र प्रतिनिधित्व एकदमै कम रहेको पाइन्छ । जस्तै केटीहरुले भिडियो गेम खेल्नुलाई अनौठो मानिन्छ भने कक्षामा पढाइरहँदा प्रविधि सम्बन्धी कुनै समस्या भएमा शिक्षकले पहिले केटालाई नै सोध्ने र मद्दत माँग्ने गर्दछन् ।

    यसरी परम्परागत रुपमा प्रायः सबैजनामा केटीहरु प्रविधिमा चासो राख्दैनन् र पुरुष जति दक्ष हुँदैनन् भन्ने मानसिकता रहँदै आएको छ । तर अहिलेको युगमा महिलाहरुलाई पीडितका रुपमा मात्र नहेरेर धेरै क्षेत्रको सम्भाव्यता बोकेका प्रतिनिधिका रुपमा लिइनुपर्ने अनि मात्र समानता हासिल गर्न सकिने र समाज परिवर्तनको दिशामा अघि बढ्ने आभा बताउँछिन् ।

    यसअघि फिनल्यान्डकी प्रधानमन्त्री सना मरिन ३४ वर्षको उमेरमा विश्वकै सबैभन्दा कान्छि प्रधानमन्त्रीका रुपमा चर्चित भएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...