News Portal

  • संक्रमणमुक्त भएको दुई महिनापछि महिलाको आँखामा कोरोनाभाइरस भेटियो

    १३३० पटक

    सांकेतिक तस्विर
    एजेन्सी । चीनमा कोरोनाभाइरसको एउटा अनौठो मामिला सार्वजनिक भएको छ । कोरोनाभाइरसको संक्रणबाट मुक्त भएकी ६४ वर्षीया महिलाको आँखामा २ महिनापछि पनि कोरोनाभाइरस भेटिएको हो । कयौँ अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई कोरोनाभाइरसको लक्षण मानेको छ ।

    लगातार ५ दिनसम्म सुख्खा खोकी र ९ दिनसम्म झाडापखालाको लक्षणपछि ती महिला गत जनवरी ३१ मा अस्पताल भर्ना गरिएकी थिइन् । उनलाई ज्वरो पनि देखिएको थियो । छातीको सिटी स्क्यान गर्दा उनको फोक्सोमा संक्रमण देखिएको थियो । त्यसपछि उनको स्वाब लिएर परीक्षण गर्दा उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई त्यतिबेला गम्भीर समस्या देखिएको थिएन भने आँखामा पनि कुनै समस्या थिएन ।

    १८ र २० फेब्रुअरीमा गरिएको जाँचमा उनको रिपोर्ट नगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो । डिस्चार्ज भएको ८ दिनपछि उनको दाहिने आँखा दुख्न थालेको थियो । २८ फेब्रुअरीपछि दुखाइ बढ्न थाल्यो भने उनको दृष्टि पनि कमजोर बन्यो । जब दुखाइ सहन नसक्ने अवस्थामा पुग्यो, उनी अस्पताल पुगिन् ।

    ८ मार्चमा उनलाई अस्पताल भर्ना गरियो । डाक्टरहरुले महिलामा ग्लूकोमा अट्याक भएको पाए । आँखामा दबाबका कारण पीडा भइरहेको उनीहरुले पत्ता लगाए । पहिला औषधी दिएर पीडा कम गर्ने प्रयास गरिए पनि फाइदा नभएपछि उनको अपरेशन नै गरियो ।

    चीनको ऊहानस्थित सेन्टर थिएटर कमान्ड अस्पतलामा महिलाको दुई पटक अपरेशन गरियो । १४ मार्चमा दाहिले र १५ मार्चमा देब्रे आँखाको अपरेशन भयो । सर्जरीपछि पनि आँखामा लगातार दबाब र पीडा बढेपछि महिलाको १० अप्रिलमा पुनः अपरेशन गरियो ।

    अपरेशनका दौरान आँखाबाट लिएको टिस्यूको नमूना जाँच गर्दा त्यसमा कोरोनाभाइरसको प्रोटिन पाइयो । जामा अप्थेल्मोलोजी जर्नलमा प्रकाशित रिसर्चका अनुसार बिरामीको ओक्युलर मेनिफेस्टेसनको मामिला बाहिर आएको छ । यस्तो अवस्थामा आँखा रातो हुने र सुन्निने गर्छ ।

    यसअघि गरिएको अध्ययनमा आँखाको बाहिरी तहको साथै आँशुमा पनि कोरोनाभाइरस पाइएको थियो । यहाँबाट पनि संक्रमण फैलिन सक्ने शोधकर्ताहरुको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...