News Portal

  • भादगाउँले कथाकार जितेन्द्र रसिकको ‘बेलबहादुरसँग बिहे’ बजारमा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ पुस
    १२५१ पटक
    भक्तपुर, २९ पुस

    भक्तपुरको ब्यासी निवासी साहित्यकार एवं पत्रकार जितेन्द्र रसिकको ११औं कृति बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ सार्वजनिक भएको छ ।

    कृतिलाई प्रकाशन गृह एडुकेशनल पब्लिसिङका रमण राउत, शितल सुकुभटु र कथाकार जितेन्द्र रसिकले संयुक्त रुपमा बुधबार लोकार्पण गरेका हुन् ।

    कथामा नेवारी परम्परामा आधारिक इहि संस्कृतिमा प्रयोग हुने बेललाई प्रतिक बनाएर इहि परम्परामाथि नेवार समुदायका बालिकाको जिज्ञासाको समाधान खोजिएको छ । बेलबहादुरसँग बिहे कथामा एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोण र इहि परम्परा भित्र लुकेको सामाजिक क्रान्तिका सन्दर्भ बालमनोविज्ञानमा आधारित रहेर रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

    कथा कृति विद्यालय तहसम्मका बालबालिकाका लागि निकै उपयोगी रहने एडुकेशनल पब्लिसिङ हाउसका रमण राउटले बताए । त्यस्तै एडुकेशनल पब्लिशिंग हाउसका लेआउट डिजाइनर शितल सुकुभुटुले ‘बेलबहादुरसँग बिहे’ चित्रकथा बालबालिकाको हातमा परेपछि छोड्नै मन नलाग्ने दावी गरे । संवादात्मक चित्रकथा निकै रमाइलो र जति पढ्यो पढुँपढुँ लाग्ने प्रस्तुती रहेकाले पनि बालबालिकामाझ ‘बेलबहादुरसँग बिहे’ चित्रकथा लोकप्रिय हुने उनले बिश्वास ब्यक्त गरे ।

    कथामा वरिष्ठ चित्रकार एक्कारामसिं को चित्र रहेका छन् । लेआउट एडुकेशनल पब्लिसिङ हाउसका वरिष्ठ डिजाइनर शितल सुकुभटुको रहेको छ । चित्र कथा एडुकेशनल पब्लिशिंग हाउसले सार्वजनिक गरेको हो । रंगीन चित्र सहितको चित्रकथामा ३६ पृष्ठ छन् । यसको मूल्य १५० रुपैयाँ रहेको छ । बुधबारबाटै रत्नपुस्तक भण्डार भोटाहिटीं, एडुकेशनल पब्लिसिङ हाउस जमल लगायत काठमाडौंका सबै पुस्तक पसलमा पुस्तक उपलब्ध गराइएको बताइएकाे छ । काठमाडौं बाहिर भने केहि दिनमै उपलब्ध हुने प्रकाशककाे भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...