News Portal

  • भक्तपुरमा भेटियाे झुण्डिएको अवस्थामा अपरिचित शव : हत्या भएको हुनसक्ने आशंका

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ फागुन
    २६७० पटक
    भक्तपुर, २५ फागुन

    भक्तपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पाटीमा झुण्डिएको अवस्थामा उनकों शव फेला परेको हो ।

    मंगलवार विहान झुण्डिएको अवस्थामा फेला परेका उनको पहिचान हुन सकेको छैन । ब्यासीको कालोपाटी बाट करिब २ सय मिटर पर ह्युमपाइप टोलस्थित वर्खे पाटीमा उक्त शव फेला परेको हो । फोहोर टिप्ने मानिसहरुको आश्रय स्थल समेत रहेको उक्त पाटीमा भेटिएको शव भने सफा र सुकिला कपडायुक्त युवकको भएको र उक्त व्यक्तिको पहिचान गर्न नसकिएको स्थानीयले बताएका छन् । स्थानीयले शव खुट्टा टेकेको अवस्थामा फेला परेकाले हत्या भएको हुनसक्ने समेत आशंका गरेका छन् ।

    महानगरीय प्रहरी परिसर भक्तपुरले शव भेटिएको पुष्टि गरेपनि हत्या भएको स्वीकार गरेको छैन । डिएसपी दिपक गिरीले प्रारम्भिक अनुसन्धान बाट आत्महत्या नै ठहर भएको जानकारी गराएका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

    अपडेट : https://bhaktapurpost.com/archives/33174

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...