News Portal

  • कर्मचारीहरु १०-५ मा सीमित नहुने भक्तपुरकी नयाँ सिडिओ शर्माको प्रतिवद्धता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ असोज २०७८
    २९४२ पटक
    CDO rudra sharmaभक्तपुर, ६ असोज २०७८

    भक्तपुरमा नयाँ कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले कर्मचारीहरु १०-५ को ड्युटीमा सीमित नहुने बताएकी छन् । जनताको सेवाका लागि कर्मचारीहरु कार्यालय समय कुरेर बस्नु नहुनेमा जोड दिंदै उनले सो कुरा बताएकी हुन् ।

    बुधवार कार्यालयमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले शान्तिसुरक्षाको दृष्टिले भक्तपुरलाई सर्वोत्कृष्ट जिल्ला बनाउनेमा आफ्नो भरपुर प्रयास रहने प्रतिवद्धता समेत प्रकट गरिन् । यस अघि गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारी रहँदा गुल्मीलाई देशकै तेस्रो वरियतामा पार्न सफल भएको स्मरण गर्दै उनले त्यो अनुभवले भक्तपुरमा कार्यसम्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

    नेपालीहरुको महान पर्व वडादशैँ लगायत नजिकिएका चाड्वाडलाई लक्षित गरि शान्तिसुरक्षाको योजनामा लागिसकेको जानकारी गराउदै प्रजिअ शर्माले भक्तपुरमा चोरी,तस्करी, महिला हिँसाका अपराध दोहिरिरहने देखिएकोले त्यसको न्यूनीकरणका लागि ठोस योजना बनाएर अघि बढ्ने पनि बताइन । कोभिड- १९ महामारी लगायत प्राकृतिक बिपत्तीसंग जुध्न प्रभावकारी योजना अघि सार्ने समेत उनको भनाइ छ । कोभिड १९ विरुद्ध जारी खोपको अनुगमन गर्ने र पहुँचका आधारमा नभई लक्षित वर्गले पाउने सुनिश्चितता प्रदान गर्ने उनले दावी गरिन् ।

    त्यसैगरी प्रजिअ शर्माले पत्रकारहरुसंग मिलेर आफूले सामाजिक इस्युमा सकारात्मक पहल लिने प्रतिवद्धता समेत प्रकट गरिन् । जिल्ला प्रशासन कार्यालय भक्तपुर पत्रकारमैत्री हुने स्पष्ट पार्दै उनले हरेक काम पारदर्शी हुने बताइन् । आफ्नो कार्यालयले पत्रकारहरुले मागेका हरेक सूचना उपलब्ध गराउने प्रतिवद्धता प्रकट गर्दै उनले पत्रकारहरु संग भएका सूचना उपलब्ध गराएर आफूहरुलाई सहयोग गर्न अनुरोध गरिन् । पत्रकारहरु सूचनाको सम्बाहकका अतिरिक्त सामाजिक हितमा सहयात्री समेत भएका भन्दै उनले सामाजिक काममा रचनात्मक सुझाव दिन अनुरोध गरेकी थिइन् ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले पछिल्लो समय सिडिओ र एसपीलाई स्वागत गर्ने बहानामा प्रभावित पार्ने र आफ्नो अभिष्ट पूरा गर्ने व्यक्ति र समूहसंग सतर्क रहन सिडिओ शर्मालाई सुझाव दिएका थिए । त्यसैगरी महासंघका सचिव एवं भक्तपुर पोस्टका सम्पादक संजीप घिमिरे शुभचिन्तकले सिडिओ जिल्लाकै प्रशासन प्रमुख रहेकाले आम जनताको भावनासंग जोडिन सक्नुपर्नेमा जोड दिएका थिए ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका सस्थापक अध्यक्ष रमेश खड्का,पूर्व अध्यक्ष विकल श्रेष्ठ, कार्यसमिति सदस्य रामगोपाल तमखु लगायतको सहभागिता रहेको थियो ।

    यो पनि

    भक्तपुर सिडिओमा शर्मा

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...