News Portal

  • २६ सय निमावि शिक्षककालागि आवेदन माग : हेर्नुस् सूचना

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ पुस २०७८
    ४६४ पटक
    भक्तपुर, ७ पुस २०७८

    सानोठिमी । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि खुला प्रतियोगिताबाट शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।  आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको हो। आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको हो।

    खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन मागसमेत भएको छ। नेपाली विषयमा ४३७ जना माग भएको छ भने अंग्रेजी विषयलाई ६२४ जनाको माग भएको छ। यस्तै गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको छ।

    परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ। आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन्। सात सय शूल्क तिरेर आवेदन फारम भर्न सकिनेछ। माघ ६ गतेभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन्।आयोगको वेबसाइटबाट गएर अनलाइन फारम भर्न सकिनेछ।

    प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन हुने आयोगको भनाइ छ ।

    यस्तो छ सूचना:

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...