News Portal

  • खेलकुदलाई अतिरिक्त होइन, पाठ्यक्रममै पूरक क्रियाकलापको रुपमा राखिनुपर्छ : सांसद गोसाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ पुस २०७८
    १०८९ पटक
    surendraraj gosaiभक्तपुर, १३ पुस २०७८

    बागमती प्रदेश सभाका सांसद एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले खेलकुद विद्यालयको पाठ्यक्रममा प्राथमिकतापूर्वक राखिनुपर्ने बताएका छन् । खेलकुदलाई अतिरिक्त क्रियाकलापको रुपमा मात्र नभई पूरक क्रियाकलापको रुपमा राखिनुपर्ने उनले बताएका हुन् ।

    मंगलवार भनपा ७ स्थित माहेश्वरी खेल मैदानमा आयोजित भक्तपुर कप फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सांसद गोसाईले खेलकुद र पढाई एउटा मानिसका दुईटा खुट्टा जस्तै भएको भनेका छन् । खेलकुद र पढाई कुनै एकलाई मात्र प्राथमिकता दिएर अघि बढ्न नसकिने जिकिर गर्दै उनले यी दुवैलाई संगसंगै लानुपर्नेमा जोड दिए ।

    शारीरिक मानसिक तन्दुरुस्ती र मजबुद आत्मबलका लागि खेलकुद आवश्यक रहेको बिचार ब्यक्त गर्दै उनले खेलकुद जीवनको अभिन्न अंग बन्दै गएकोले यसलाई बेलैमा बुझ्नु जरुरी भएको बताए । खेलकुदले बल, बुद्धि, विवेक बढाउने मात्र नभई मित्रता र सामुहिक भावनाको समेत बिकास गराउने उनको भनाइ छ । खेललाई चीनले महत्व दिएर अघि बढेको सन्दर्भ जोड्दै सांसद गोसाईले नेपालले खेलकुदको बिकास गर्न चीनबाट सिक्नुपर्ने सुझाव समेत दिए ।

    विश्व आक्रान्त पारेको कोभिड महामारीबाट बाच्न आत्मबलको आवश्यकता परेको स्मरण गर्दै उनले खेलकुदले मानिसलाई जस्तोसुकै परिस्थितिमा पनि संघर्ष गर्न सिकाउने र जित्न सिकाउने जिकिर गरे । खेलकुद मार्फत आफ्नो ठाउँ र देशकै नाम फैलाउन सकिने अर्को फाइदा समेत रहेको भन्दै उनले विश्वले बुझ्ने भाषा भनेको खेलकुद भएको भनेका थिए ।

    एक फरक प्रसङ्गमा सांसद गोसाईले एमसीसी नेपालीका लागि कोभिड भाइरस जत्तिकै खतरनाक रहेकोले यसको बिरोध गर्नुपर्ने बताए । एमसीसी सम्झौताको नाममा राष्ट्रियता डलरमा बेच्ने षड्यन्त्र भैरहेको भन्दै उनले आम नेपाली यसको बिरुद्ध आन्दोलनमा उत्रनुपर्ने आवश्यकता औल्याए । सांसद गोसाईले भने ” एमसीसी सम्झौता भए देश रहदैन, त्यसैले पहिले देश बचाऔं अनिमात्र अरु काम गर्न सकिन्छ ।”

    प्रतियोगितामा बिजेता र उपबिजेता हुन सफल टिमलाई बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले नगद पुरस्कार, कप तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताको उपाधि मदरल्याण्ड बोर्डिङ स्कूलले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा स्प्रिङडेल बोर्डिङ स्कूललाई हराउदै मदरल्याण्डले उपाधी हात पारेको हो ।

    आयोजक क्लबका संरक्षक एवं पूर्व खेलाडी साजन प्रजापतिको अध्यक्षतामा सम्पन्न समापन समारोहमा वडाध्यक्ष रवीन्द्र ज्याख्व, क्लबका सस्थापक अध्यक्ष शिवजी श्रेष्ठ, वर्तमान अध्यक्ष राम प्रजापति लगायतले प्रतियोगिताको महत्व माथि प्रकास पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...