News Portal

  • भक्तपुरमा भयरहीत वातावरणमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ जेठ २०७९
    ६८२ पटक
    भक्तपुर, ६ जेठ २०७९

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सीमित साधन र श्रोतका बीचपनि भक्तपुरमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न सकिएको प्रति सन्तोष व्यक्त गरेकी छन । जिल्लामा भयरहीत वातावरणमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएको भन्दै उनले सन्तोष व्यक्त गरेकी हुन् ।

    शान्ति सुरक्षाको स्थिति मजबुत भएकोले स्थानीय जनता उत्साहित भएर निर्वाचनमा सहभागी भएका प्रजिअ शर्माको भनाइ छ । भक्तपुरमा ७६ प्रतिसत मतदान हुनु यसको प्रमाण भएको उनले प्रष्ट पारिन । त्यतिमात्र होइन, जिल्लामा मतदान पछिको मत गणना पनि बिबादरहीत ढंगले सकिएको र निर्वाचन परीणामप्रति कसैको असहमती नदेखिनु ठूलो सफलता भएको दावी गरेकी छन् ।

    जिल्लामा निर्वाचन परिचालन, अनुगमन र व्यवस्थापनको पक्ष बलियो पारिएकाले निर्वाचनका क्रममा अप्रिय घटना नभएको जिकिर गर्दै उनले अन्य जिल्लाको तुलनामा भक्तपुरले मतपरिणाम समेत छिटो सार्वजनिक गर्न सक्नु निर्वाचनको सुखद पक्ष रहेको बताइन । प्रजिअ शर्माले नगरपालिकाको आवश्यकता र जनताको अपेक्षा अनुरुप जनप्रतिनिधिहरुले काम गर्ने बिश्वास व्यक्त गर्दै त्यसका लागि आवश्यक सहजीकरण र समन्वयका लागि आफूहरु सदैव तत्पर रहने प्रतिवद्धता समेत प्रकट गरिन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...