News Portal

  • दिनभरी काँग्रेस र रातभरी एमाले हुने अन्तर्घातीलाई माफी हुँदैन : दुर्लभ थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ जेठ २०७९
    ७०३२ पटक
    durloveभक्तपुर, ११ जेठ २०७९

    नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता कार्यकर्तालाई आममाफी नहुने उद्घोष गरेका छन् । काँग्रेसकै नेताकार्यकर्ताका कारण जित्नुपर्ने ठाउँमा हार्नुपरेको जिकिर गर्दै उनले उक्त उद्घोष गरेका हुन् ।

    बुधवार भक्तपुर ब्याङ्क्वेटमा आयोजित पार्टीबाट निर्वाचित २ मेयर र वडामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले दिनभरी काँग्रेस पार्टीमा र रातभरी विपक्षीको पार्टीमा लाग्ने नेताकार्यकर्ता बारे आफूलाई जानकारी भएको र भक्तपुर काँग्रेसमा अब उनीहरुलाई प्रवेश निषेध गर्ने दावी गरे । ”दिनभरी काँग्रेस र रातभरी एमाले हुने अन्तर्घातीलाई माफी हुँदैन ।” उनले भने ।

    कार्यक्रममा प्रमुख अतिथि रहेका पार्टी महासचिव गगनकुमार थापालाई साक्षी राखी उनले अन्तर्घात गर्ने नेता कार्यकर्तालाई खोजीखोजी कारवाही गर्ने प्रतिवद्धता प्रकट गरे । अन्जानमा पार्टीलाई नोक्सान पुर्याउनेलाई आममाफी दिनसकिने भएपनि जानीजानी नियतबस अन्तर्घात गर्नेहरुलाई उन्मुक्ति दिन नसकिने उनले बताएका हुन् । पार्टीमा क्षेत्रले वडामा, प्रदेशले मेयर उपमेयरमा उम्मेदवारको टिकट दिएको र जिल्ला पार्टीले आफ्ना उम्मेदवारलाई जिताउन भरमग्दुर प्रयास गरेको स्मरण गर्दै उनले पार्टीलाई भोट माग्ने नेताकार्यकर्ता र भोट दिने सर्वसाधारण जनताप्रति कृतज्ञता प्रकट गरेका थिए ।

    उक्त अवसरमा प्रमुख अतिथि रहेका नेपाली काँग्रेसका केन्द्रीय महासचिव गगनकुमार थापाले आफ्नो पार्टीबाट निर्वाचित मेयर उपमेयर र वडाका जनप्रतिनिधिहरु जनताप्रति जवाफदेयी हुनुपर्ने र पार्टीको घोषणा पत्रको अधिनमा रही कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औल्याए । उनले सेवा मेलाको आयोजना गरी जनताको घरदैलोमा नगरपालिकाको सेवा पुर्याउन सुझाव दिंदै कार्ययोजना बनाएर आफ्नो कार्य गर्न निर्देशन समेत दिए ।

    महासचिव थापाले नगरमा निर्वाचित जनप्रतिनिधिको पार्टी केन्द्रले आवधिक परीक्षा लिने योजना बनाइरहेको खुलासा गर्दै त्यसमा खरो उत्रन र पास हुन प्रोत्साहित गरेका थिए । निर्वाचित जनप्रतिनिधिले राम्रो काम नगर्दा जनतामा पार्टीप्रतिको बिश्वास घट्ने र आगामी दिनमा पार्टीले हार्न सक्ने हुँदा पार्टीले कामको अनुगमन र मूल्यांकनको नीति लिएको उनले स्पष्ट पारे ।

    नेपाली कांग्रेसले जिल्लाका ४ नगरपालिका मध्ये २ नगरपालिकामा प्रमुख पद हात पारेको छ । मध्यपुर थिमिमा निवर्तमान नगर सभापति सुरेन्द्र श्रेष्ठ र चाँगुनारायणमा क्षेत्रीय सभापति जीवन खत्री मेयरमा निर्वाचित भएका छन् । कार्यक्रममा श्रेष्ठ र खत्रीले जनताको शासक नभई सेवक भएर काम गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    यो पनि

    काँग्रेसले स्थानीय जनप्रतिनिधिहरुको नियमित परीक्षा लिने महासचिव थापाको खुलासा

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...