News Portal

  • काँग्रेसले स्थानीय जनप्रतिनिधिहरुको नियमित परीक्षा लिने गगन थापाको खुलासा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ जेठ २०७९
    ३४१६ पटक
    gagan thapaभक्तपुर, ११ जेठ २०७९

    नेपाली काँग्रेसका महासचिव गगनकुमार थापाले स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको परीक्षा लिइने खुलासा गरेका छन् । उनले वार्षिक रुपमा पार्टीबाट निर्वाचित प्रमुख/ उपप्रमुखहरुको परीक्षा लिइने खुलासा गरेका हुन् ।

    बुधवार भक्तपुरमा आयोजित काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान व्यक्त गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव थापाले आफ्नो पार्टीबाट निर्वाचित मेयर/उपमेयर र वडाका जनप्रतिनिधिहरु जनताप्रति जवाफदेयी हुनुपर्ने र पार्टीको घोषणा पत्रको अधिनमा रही कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औल्याए ।

    महासचिव थापाले नगरमा निर्वाचित जनप्रतिनिधिको पार्टी केन्द्रले आवधिक परीक्षा लिने योजना बनाइरहेको खुलासा गर्दै त्यसमा खरो उत्रन र पास हुन प्रोत्साहित गरेका थिए । निर्वाचित जनप्रतिनिधिले राम्रो काम नगर्दा जनतामा पार्टीप्रतिको बिश्वास घट्ने र आगामी दिनमा पार्टीले हार्न सक्ने हुँदा पार्टीले कामको अनुगमन र मूल्यांकनको नीति लिएको उनले स्पष्ट पारे । “जिल्लाका नेतासंग बुझी टोपल्ने किसिमको मूल्यांकन बिधि होइन, केन्द्रले तोकेको सूचकको आधारमा केन्द्रीय संयन्त्रबाट मूल्यांकन हुन्छ । ” उनले भने ।

    उनले सेवा मेलाको आयोजना गरी जनताको घरदैलोमा नगरपालिकाको सेवा पुर्याउन सुझाव दिंदै नगरपालिकामा कार्ययोजना बनाएर आफ्नो कार्य गर्न निर्देशन समेत दिए । भक्तपुरमा काँग्रेसले नेतृत्व गरेको नगरपालिका देशकै नमूना बन्नुपर्ने र देशका अन्य नगरपालिकाले यहाँबाट सिक्नसक्ने गरी काम गर्नुपर्ने उनले प्रष्ट पारे ।

    भक्तपुरमा नेपाली कांग्रेसले जिल्लाका ४ नगरपालिका मध्ये २ नगरपालिकामा प्रमुख पद हात पारेको छ । मध्यपुर थिमिमा निवर्तमान नगर सभापति सुरेन्द्र श्रेष्ठ र चाँगुनारायणमा क्षेत्रीय सभापति जीवन खत्री मेयरमा निर्वाचित भएका छन् । कार्यक्रममा श्रेष्ठ र खत्रीले जनताको शासक नभई सेवक भएर काम गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । मध्यपुरमा नेकपा (माओवादी केन्द्र) संग गठबन्धन गरेको काँग्रेसले उपमेयरमा माओवादीका केन्द्रका विजय कृष्ण श्रेष्ठ पाएको छ भने चाँगुमा आफ्नो उपमेयर उम्मेदवारले पराजय भोगेपछि एमालेका नगर अध्यक्ष रहेका रमेश बुढाथोकीलाई उपमेयर स्वीकार्न बाध्य बनेको छ ।

    कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता कार्यकर्तालाई आममाफी नहुने उद्घोष गरेका छन् । काँग्रेसकै केही नेता कार्यकर्ताका कारण जित्नुपर्ने ठाउँमा हार्नुपरेको जिकिर गर्दै उनले उक्त उद्घोष गरेका हुन् । काँग्रेसले नेकपा(एकीकृत समाजबादी)संगको गठबन्धनका बाबजूद सूर्यविनायक नगरमा नेकपा एमालेसंग पराजय व्यहोर्नु परेको छ भने भक्तपुर नगरपालिकामा नेमकिपाको अगाडी जमानत समेत जोगाउन सकेको छैन । यद्यपी, यी दुवै नगरमा समेत काँग्रेस प्रमुख प्रतिस्पर्धी रहेको थियो ।

    यो पनि

    दिनभरी काँग्रेस र रातभरी एमाले हुने अन्तर्घातीलाई माफी हुँदैन : दुर्लभ थापा

    प्रतिकृया दिनुहोस्

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...