News Portal

  • शिक्षा नै विकासको मेरुदण्ड ः शिक्षामन्त्री पौडेल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,असार १० २०७९
    ५२३ पटक
    भक्तपुर,असार १० २०७९

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकाशको मेरुदण्ड भएको बताएका छन्। शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा उनले राष्ट्र निर्माणमा शिक्षा महत्वपूर्ण पाटो भएको बताए र शिक्षा नै विकाशको मेरुदण्ड भएको बताएका छन् । बौद्ध विश्वविद्यालय विशिष्टीकृत विश्वविद्यालय भएकाले त्यसको आफ्नै महत्व रहेको बताए ।
    ‘आनन्द हुनु भनेको ज्ञान प्राप्त गरेर बहुत्व प्राप्त गरी आत्मिक एवम् भावनात्मक रुपमा सन्तुष्टि हुनु हो’, उनले बताए । ‘भौतिक समृद्धि पूर्वाधार विकासबाट हुन्छ भने आत्मिक समृद्धि शान्ति, शिक्षा, नैतिकता, अनुशासन र मानवताबाट प्राप्त हुन्छ ।’

    उनले समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्ने जोड दिएका छन् ।‘समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्छ’मन्त्री पौडेलले जनाएका छन् । ‘नागरिकलाई ज्ञानी बनाउने शिक्षा नै हो ।’ उनले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्धका उपदेश र बौद्ध शिक्षालाई जीवनोपयागी बनाउने गरी विश्वविद्यालयलाई शैक्षिक अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...