News Portal

  • श्रममन्त्री कुँवर र युएइका राजदुत नक्विबीच भेटवार्ता

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २३ असार २०७९
    ३५६ पटक
    भक्तपुर, २३ असार २०७९

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस(युएइ)का राजदुत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदुत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुगेका थिए।

    उनीहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मजबुद्ध बनाउने विषयमा छलफल भएको छ । युइएमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजिकरण गर्ने विषयमा पनि कुराकानी भयो । राजदुत नक्विलाई मन्त्री कुँवरले युएइबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सरसल्लाह गरेर अगाडी बढ्ने जानकारी दिएका छन् । उनले संयुक्त अरब इमिरेटसका ठुला लगानीकर्ताहरुलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इजिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गरेका छन् ।

    भेटमा मन्त्री कुँवरले केही समयपछि युएइका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका लागि निमन्त्रणा पठाउने जानकारी दिएका छन्। युएइका मन्त्रीलाई नेपाल भ्रमणमा बोलाएर त्यहाँ रहेका नेपाली कामदारका समस्या र न्यायको क्षेत्रमा विस्तृत रुपमा छलफल गर्ने योजना भएको मन्त्री कुँवरले बताएका छन् ।

    युएईका राजदुत नक्विनले आफुलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्रीलाई धन्यवाद दिएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...