News Portal

  • सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१३ साउन २०७९
    ३९० पटक
    भक्तपुर,१३ साउन २०७९

    सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए ।

    मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो । शुक्रबार संसदमा परराष्ट्रमन्त्री खड्काले कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराएका छन् । आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको पनि बताए।

    पत्राचार गर्न ढिला गरेको भन्दै कतिपयले संसयसमेत व्यक्त गरेको भन्दै स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सरकारसक्षम रहेको मन्त्री खड्काले बताए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...