News Portal

  • बेपत्ता भए १६ मन्त्री

    अनलाइनपर्दा संवाददाता
    ९०३ पटक

    भक्तपुर । मन्त्रीहरूको अबस्था नै अस्तब्यस्त भएपछि मुलुकको अबस्था कस्तो होला ? आफै अनुमान गर्नुस यस्तै भएको छ । अहिले मुलकमा करिब साढे दुई महिनादेखि माओवादी केन्द्रका १६ मन्त्री जिम्मेवारी विहीन छन् । विना विभागिय भइसकेपछि उनीहरुको दैनिकी सिंहदरबार नै नछिरी बित्ने गरेको छ । प्राय मन्त्री त घुमफिरमा बिताइरहेका छन । राज्यको आखामा छारो हाल्दै झन्डावाला गाडिमा सयर गरिरहेका छन । बिनाविभागिय मन्त्री शिवकुमार मण्डल पहिलो पटक पाँच दिनअघिको मन्त्रीपरिषद बैठकमा गए ।

    त्यसअघि उनि चुनावका लागि गृहजिल्ला मोेरङमा केन्द्रित भए। महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारी मुक्त भएपछि आशा कोइराला दिनहरु पनि फूर्सद मै वितिरहेका छन् । मन्त्री महेन्द्र बहादुर शाही कहिले कालीकोट कहिले राजधानी गर्दै बिताइरहेका छन । त्यस्तै जनार्दन शर्मा,कृष्ण बहादुर महरा,टेक बहादुर बस्नेत सबैका दिनहरू सयरमै बित्ने गरेका छन । उच्च स्रोतका अनुसार पार्टी भित्र र बाहिर राम्रै छबि बनाएका मन्त्री शर्मा भावी मन्त्रीका लागि बार्गेनिङमा लागि परेको बताइएको छ । त्यस्तै कृष्ण बहादुर महराको रूची सभामुखमा देखिएको छ ।

    अहिलेको सरकारमा माओवादीबाट एक उपप्रधानमन्त्री, ८ विनाविभागीय मन्त्री र ७ विनाविभागीय राज्यमन्त्री छन् । रोचक कुरा त के छ भने उहि माओबादी प्रतिपक्षमा पनि छ सरकारमा रहेको छ । एमाले र माओवादीबीच बाम गठबन्धन भएपछि ७८ दिनअघि माओवादीबाट सरकारमा गएका मन्त्रीलाई प्रधानमन्त्री देउवाले जिम्मेवारीबाट मुक्त गरिदिएका थिए ।

    फुसर्दिला विनाविभागीय मन्त्री सकेसम्म जिल्लातिरै समय कटाउँदै आएका छन् । चुनाव सकिएको एक महिना बित्यो तर मतदातालाई धन्यवाद दिने बहानामा विनाविभागीय मन्त्रीहरु गाउँघरमै देखिन्छन् । अहिलेसम्म कुनै पनि विनाविभागिय मन्त्री सम्पर्कमा नआएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालले जनाएको छ ।

    विनाविभागिय मन्त्री काम विहिन भएर नियमित सिंहदरवार नगए पनि नियमित पाउने सेवा सुविधा भने उनीहरुले लिइरहेका छन् । बिनाविभागीय मन्त्रीका लागि मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालयको भवनमा एउटा साझा कोठा छुट्टयाइएको छ तर कुनै पनि विनाविभागिय मन्त्रीले पाइलो समेत टेकेका छैनन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...